close

माफ गर्नुहोस् ! यो जनकपुरधाम उपमहानगरले बनाएको सडक हो

माफ गर्नुहोस् ! यो जनकपुरधाम उपमहानगरले बनाएको सडक हो

Trulli
ADVERTISEMENT

धनुषा- जनकपुरधाम उपमहानगरपालिकामा बनेको नयाँ सडकको पिचमा प्वाल पर्न थालेपछि नगरवासी छक्क परेका छन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा एकीकृत शहरी विकास परियोजनाअन्तर्गत निर्माणाधीन नयाँ सडकको बीचबीचमा भ्वाङ र प्वाल परेपछि सडकको गुणस्तरीयतामाथि नै प्रश्न उठेको छ ।

बैंकको ऋणमा बनेको नयाँ सडक केही महिना नबित्दै भत्किएपछि स्थानीय आक्रोशित छन् ।

अर्बौं रुपैयाँको लगानीमा बनेको सडक केही महिनामै भत्किएपछि जनकपुर उपमहानगरपालिका र निर्माण कम्पनीप्रति जनता आक्रोशित बनेका हुन् ।

कम गुणस्तरका सामग्रीको प्रयोग गरी सडक पीच गरेका कारण सडकका ठाउँठाउँमा ठूला भ्वाङ परेका छन् ।

जनकपुर उपमहानगरपालिकाको कदमचौकमा रमण कन्स्ट्रक्सनले निर्माण गरेको पक्की सडकमा ठूलो भ्वाङ परेको छ । यसअघि पनि जनकपुरको क्याम्पस जाने बाटो, पिडारी चौक बेल्ही जाने बाटोलगायत दर्जनौँ स्थानकामा सडकमा यस्तै भ्वाङ परेको थियो ।

जनकपुर उपमहानगरपालिकाभित्र एडीबी परियोजनामा अनुगमनकारी निकायको चरम लापरबाही भएको र ठेकेदार कम्पनीसमेत दोषी रहेको जनकपुर नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रको आरोप छ ।

बाहिरबाट हेर्दा सडक निर्माण गर्न तोकिएको मापदण्ड पूरा गरेको देखिए पनि सडक पक्की गर्न प्रयोग गरिएको सामग्रीको गुणस्तरतर्फ ध्यान नदिइएको स्थानीयको भनाइ छ ।

पटकपटक गुणस्तरमाथि प्रश्न उठे पनि सम्बन्धित पालिका र सरोकारवाला निकायले वास्ता नगरेको कदमचौकवासीको आरोप छ ।