close

भक्तपुर नगरपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

भक्तपुर नगरपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

Trulli
ADVERTISEMENT

भक्तपुर- नेपाल राईजिङ्ग र इन्गेज नेपालले भक्तपुर नगरपालिकालाई शनिबार ५ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराएका छन् ।

 

कोरोना संक्रमित विरामीलाई लक्षित गरी अक्सिजन प्लान्ट जडान गर्न लागेको भक्तपुरलाई संस्थाले ५ थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको हो । 

 

कोभिड-१९ र्‍यापिड एक्सन टास्कफोर्स नेपालका तर्फबाट गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीलाई ती सामग्री  हस्तान्तरण गरेका हुन् । 

 

सरकारबाट कुनै किसिमको सहयोग प्राप्त नभए पनि जनस्तर तथा दाताहरुबाट स्वस्फूर्त रुपमा संक्रमितको उपचारार्थ भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ करोड ३२ लाख ९० हजार ९ सय ७८ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएकोमा उपप्रमुख जोशीले खुसी व्यक्त गरिन् ।