close

३७ केन्द्रबाट खोप वितरण गर्दै भक्तपुर

३७ केन्द्रबाट खोप वितरण गर्दै भक्तपुर

Trulli
ADVERTISEMENT

भक्तपुर- कोरोनाविरुद्धको पहिलो मात्राको खोप भक्तपुरमा २५ र २६ जेठमा दिइने भएको छ । ६० देखि ६४ वर्षका उमेर समूहलाई दिइने उक्त खोप जिल्लाभरका अधिकांश स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको हो ।

 

भक्तपुरका ४ वटा स्थानीय तहले ३७ वटा खोप केन्द्र निर्धारण गरी खोप वितरण गर्न लागेका छन् । भक्तपुर नगरपालिकाले १०, चाँगुनारायण नगरपालिकाले ९, सूर्यविनायक नगरपालिकाले ९ र मध्यपुर थिमि नगरपालिकाले ९ वटा केन्द्र निर्धारण गरिसकेका छन् ।

 

कसले कहाँबाट दिँदै छन् खोप ?

९ वटा खोप केन्द्र निर्धारण गरेको मध्यपुर थिमिले ५ वटा स्वास्थ्य चौकी, २ वटा वडा कार्यालय, एउटा विद्यालय र बिपीआई फाउन्डेसनमार्फत खोप दिने भएको छ । केन्द्रका लागि आवश्यक खोप ढुुवानी नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमार्फत हुनेछ । 

 

चाँगुनारायण नगरपालिका

खोप वितरणका लागि चाँगुनारायण नगरपालिकाले ९ वटा खोप केन्द्र निर्धारण गरेको छ । ९ वडा रहेको चाँगुनारायणका स्थानीयले आफ्नो वडाको स्वास्थ्य चौकीबाट खोप लिन सक्नेछन् । 


त्यसका लागि आवश्यक तयारी भइसकेको पालिकाले जनाएको छ । पालिकाले खोप लगाउनेलाई आफ्नो परिचय खुलाउने नागरिकताको प्रमाणपत्र वा उमेर खुल्ने कागजात ल्याउन अनुरोध गरेको छ । 

 

भक्तपुर नगरपालिका

१० वटा खोप केन्द्र निर्धारण गरेको भक्तपुर नगरपालिकाले वडा कायालय, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र र पुस्तकालयबाट खोप वितरण गर्नेछ । सम्बन्धित वडाबासीले खोप केन्द्रमा गई खोप लगाउन सक्नेछन् । 

 

पालिकाले सामाजिक दूरी कायम गरी सुरक्षाको मापदण्ड अपनाएर खोप लगाउन आग्रह गरेको छ । 

 

सूर्यविनायक नगरपालिका
सूर्यविनायक नगरपालिकाले ९ वटा खोप केन्द्र निर्धारण गरेको छ । २५ र २६ जेठमा वडा तहको स्वास्थ्य चौकीमा गई स्थानीयले खोप लगाउन सक्नेछन् । २ दिन साढे १० बजेदेखि साढे ३ बजेसम्म स्वास्थ्य केन्द्रमा गई खोप लगाउन सकिनेछ ।