close

वातावरण असन्तुलनको असर: २८६ प्रकारका बनस्पति र १६० प्रकारका जनावर लोप हुने खतरामा 

वातावरण असन्तुलनको असर: २८६ प्रकारका बनस्पति र १६० प्रकारका जनावर लोप हुने खतरामा 

Trulli
ADVERTISEMENT

काठमाडौं- वातावरणीय असन्तुलनका कारण नेपालमा २८६ प्रकारका वनस्पति र १६० प्रकारका जनावर लोप हुने अवस्थामा पुगेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) ले विश्व वातावरण दिवसको  अवसरमा आयोजना गरेको छलफलमा विज्ञहरुले मानवीय त्रुटिका कारण वातावरण सन्तुलन बिग्रिका कारण मानव मात्र नभइ मानव इतरका प्राणी र वनस्पतिसमेत खतरामा रहेको बताए । 

 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा. दिनेश चन्द्र देवकोटा,  डिनका संरक्षक डा. मुरली गोपाल रञ्जितकार लगायतले चुरे क्षेत्रलाई संरक्षण गर्न सरकारले थप कदम चाल्नुपर्ने बताए ।


कार्यक्रमका अन्य सहभीगहरुले सडकमा प्रत्येक वर्ष थपिएको कालोपत्रेले वातावरणमा ह्रास आएको भन्दै चिन्ता व्यक्त गरेका थिए । भर्चुअल सेमिनार डिनका अध्यक्ष कामेश्वरप्रसाद सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।