close

प्लास्टिक नियन्त्रणमा चौरजहारीको ध्यान, भीरकोटले जोड्यो अक्सिजन प्लान्ट ( भिडियो खबर) 

प्लास्टिक नियन्त्रणमा चौरजहारीको ध्यान, भीरकोटले जोड्यो अक्सिजन प्लान्ट ( भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) कपिलवस्तुको शिवराज नगरपालिकामा निर्माण हुने १५ शय्याको अस्पताल वडा नम्बर २ मा बनाउन स्थानीयको माग, नगरप्रमुख नेत्रराज अधिकारीलाई स्थानीयले बुझाए ज्ञापनपत्र ।

 

२) चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु, अधिकांश पालिकामा ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाइयो ।


३) खोटाङको खोटेहाङ गाउँपालिकाले क्वारेन्टिनमा बसेका कोरोना संक्रमितलाई मनोसामाजिक परामर्श दिन थाल्यो, पालिकाले कोरोना परीक्षणको दायरा पनि बढायो ।


४) ललितपुर महानगरपालिका एन्टिजेन विधिमार्फत पालिकाबासीको कोरोना परीक्षण गर्दै, ३ असारसम्म पालिकाले कोरोना परीक्षण गर्ने ।

 

५) काभ्रेको पाँचखाल नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी होम आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका संक्रमितलाई भेट्न व्यस्त, संक्रमितलाई औषधी पनि प्रदान ।

 

६) ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले सार्वजनिक गर्‍यो दोभान बजारका अग्निपीडितले पाउने क्षतिपूर्तिको रकम, प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको रकम क्षतिको आधारमा पीडितलाई पालिकाले वितरण गर्ने ।

 

७) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला बिक्री वितरण र उत्पादनमा रोक लगायो, नियम नमान्नेलाई पालिकाले कारबाही गर्ने ।

 

८) डोटीको जोरायल गाउँपालिकालाई सम विकास केन्द्रले दियो विभिन्न स्वास्थ्य सामग्री, कोरोना रोकथाम र संक्रमितको उपचारमा सामग्रीले सहयोग पुग्ने । 

 

९) कोरोना परीक्षणको दायरा बढाउँदै पर्वतको फलेवास नगरपालिका, पालिकाले लक्षण देखिएकाहरूको स्वाब संकलन गरी परीक्षणका लागि पठायो ।

 

१०) नगरसभा तयारीका लागि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न, जनप्रतिनिधि र कर्मचारी आगामी वर्षको बजेट तथा नीति कार्यक्रम बनाउन व्यस्त  ।

११) कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमार्फत पालिकाबासीलाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अघि सार्‍यो, कृषकले अनुदानसमेत पाउने ।

 

१२) नगरभित्रका सडक धमाधम कालोपत्रे गर्दै बागलुङ नगरपालिका, असार मसान्तभित्र झन्डै १० किलोमिटर जीर्ण सडक कालोपत्रे तथा मर्मत गर्ने ।

 

१३) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले जोरपाटी चोकमा अकासे पुल निर्माण गर्ने, निर्माण कम्पनीसँग नगरपालिकाले गर्‍यो सम्झौता ।

 

१४) चितवनको राप्ती नगरपालिकाले सुरु गर्‍यो विद्यार्थीसँग नगरपालिका कार्यक्रम, भर्चुअल माध्यमबाट विद्यार्थीलाई विभिन्न विषयमा जानकारी गराइने ।

 

१५) अक्सिजन प्लान्ट सञ्चालन गर्न रकम जुटाउँदै झापाको कन्काई नगरपालिका, कोषमा रकम सहयोग गर्नेहरू बढ्दै ।

 

१६) टोल-टोलमा पुगेर कोरोना परीक्षण गर्दै तेह्रथुमको म्याङलुङ नगरपालिका, पालिकाले लक्षण देखिएकाहरूको कोरोना परीक्षण गर्ने ।

 

१७) बर्दियाको बारबर्दिया नगरपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि पालिकाबासीसँग भर्चुअल माध्यमबाट माग्यो राय सुझाव, सुझावका आधारमा पालिकाले बजेट र कार्यक्रम प्रस्तुत गर्ने ।

 

१८) कोरोना रोकथाम र नियन्त्रणका लागि स्याङ्जाको गल्याङ नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नेहरू बढ्दै, पालिकाले परीक्षणको दायरा पनि बढायो ।

 

१९) कोरोना कहरका बीच पनि मोरङको पथरी शनिश्चरे नगरपालिका विकास निर्माण जुट्यो, जनप्रतिनिधि र कर्मचारीले गरे योजना अनुगमन ।

 

२०) राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनी अक्सिजन प्लान्ट स्याङ्जाको भीरकोट नगरपालिकाको नगर अस्पतालमा जडान ।