close

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम: विपक्षी गठबन्धनका सांसद अनुपस्थित 

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम: विपक्षी गठबन्धनका सांसद अनुपस्थित 

Trulli
ADVERTISEMENT

रुपन्देही- लुम्बिनीको प्रदेश सभा बैठक विपक्षी गठबन्धनका सांसदहरुले बहिष्कार गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले आज आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । 

 

कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले नीति तथा कार्यक्रम वहिस्कार गरेका छन् । तर यी दलका प्रमुख सचेतकहरु भने बैठकमा सहभागी छन् ।

 

गत १९ बैशाखमा मुख्यमन्त्रीको पुनर्नियुक्ति र त्यसपछि जवरजस्ती सपथ खुवाएको भन्दै विरोधमा विपक्षी गठबन्धनका सांसदहरु प्रदेश सभामा उपस्थित नभएको कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले बताए ।


बैठक सुरु हुनुअघि सचेत खानले भने, ‘बैशाख १९ गते जुनरुपमा सांसदहरुमाथि अभद्र व्यवहारसहित मुख्यमन्त्रीलाई जवरजस्ती सपथ खुवाइयो, त्यसको विरोध स्वरुप सांसदहरु उपस्थित नहुने निर्णय गरेका हौं ।’ उनले नीति तथा कार्यक्रमको विरोध नभई एक दिनका लागि ‘शिष्ट अवज्ञा’ गरिएको बताए ।