close

गाउँमा सिंहदरबार आयो भनेको त राणा शासन पो आएछ ! (भिडियो वार्ता)

गाउँमा सिंहदरबार आयो भनेको त राणा शासन पो आएछ ! (भिडियो वार्ता)

Trulli
ADVERTISEMENT

गोरख बहादुर चन्द बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष हुन् । तीन महिनादेखि लेखापाल र प्रमुख प्रशासकीय अधिकृतविहीन छ पालिका । कर्मचारी पठाइदिन अध्यक्षले पहुँचका नेतादेखि संघीय सरकारसम्मे हारगुहार गरे । तर पालिकाको जोर चलेन । गाउँगाउँमा सिंहदरबार भन्दै विगतमा उनले पनि खुबै हाँक दिए जनतालाई । तर अहिले उनी यो नारामा सन्तुष्ट छैनन् । स्थानीय सरकारमाथि प्देश र केन्द्रले राणा शासन लादेजस्तो अनुभस्ति हुन थालेको छ उनलाई । पालिकाखबर बुलेटिनको पालिका टकमा उनले कोरोना कहर, आगामी आर्थिक वर्षको बजेट निर्माणका प्राथमिकताका विषयमा भन्दा केन्द्र सरकारको रवैयामा वढी असन्तुष्टि जनाएका छन् ।


कोरोना कहरकै बेला तपाईहरु प्रमुख प्रशासकीय अधिकृत बिहीन बन्नुभएको छ । कर्मचारी अभावले कस्तो प्रभाव पारेका छ ? 
हाम्रोमा कर्मचारीहरू लगभग तीन महिनादेखि लेखापाल र प्रमुख प्रशासकीय अधिकृत विहीन छ । यो पालिकाले धेरै दुःख पाएका छन् । हामीले संघीय मन्त्रालयलाई पहल गरेको पनि तीन महिना भयो । म आफै धाएँ । अनलाइनबाट दरखास्त खोलेको पनि दुई महिना भयो । तर, अहिलेसम्म मन्त्रालयले पदपूर्ति गरिदिएको छैन । तर, अझै कर्मचारीको अभाव छ ।


धेरै दौडधुप गरिसक्नु भो तर अहिलेसम्म पनि कर्मचारी नपाउनु को कारण चै के होला त? 
मैले पनि बुझेको छैन । हाम्रो फाइन सामान्य प्रशासन मन्त्रालयमा सहसचिव राजीव पोखरेललाई राखेँ । माननीय दामोदर भण्डारी, तत्कालीन मन्त्री गणेश ठगुन्नालाई भनेँ । प्रधानमन्त्रीको स्वकीय सचिवलाई पनि भनेँ । पार्टीमा पनि खबर गरेँ । तर, सहसचिवज्यूले आज हुने भोलि हुने भन्दा भन्दै अहिलेसम्म कर्मचारी छैनन् । योजना, भत्ता सबै रोकिएका छन् । नागरिकलाई मर्का परिरहेको छ । मन्त्रालयका कर्मचारीबाट नै असहयोग भयो । संघीय गणतन्त्र भन्ने अनि सिंहदरबारको अधिकार आयो भन्ने तर, सुब्बा र खरिदारको सरुवा गर्न पनि मन्त्रालय धाउनुपर्ने अवस्था छ । सिंहदरबार गाउँमा आएको अनुभूति नभई राणा शासन आएको अनुभूति गरेको छु ।


अब के गर्नुहुन्छ ?
मन्त्रालयले यथाशीघ्र समस्याको समाधान होस् भन्ने चाहान्छु । हामीलाई कर्मचारी भर्ना गर्ने अधिकार दिन भनेका छौँ । त्यसो नभए अरु कर्मचारीबाट खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन भनेका छौँ । यो समस्याको समाधान तत्काल हुनुपर्छ भनेका छौँ ।


अब बजेट पेश गर्ने बेला हुन लागेको छ । यसवर्ष तपाईहरुको प्राथमिकता के हो? 
गत वर्ष पनि स्वास्थय क्षेत्रलाई प्रमुख प्राथमिकता दिएका थियौँ । यो वर्ष पनि सोही क्षेत्र प्राथमिकतामा राख्छौँ । पालिकाबाट खर्च गरेर भएपनि खोप दिन्छौँ । रोजगारीका लागि भारत गएकालाई स्वदेशमै रोजगारी दिने कोशिस गर्नेछौँ ।


चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट नै खर्च भएको छैन । यस्तो अवस्थामा अव पुरानै योजना र कार्यक्रम ल्याएर बजेट बन्छ कि केही नयाँ भिजन पनि छ ? 
हामीसँग नयाँ भिजन छ । हामीलाई कानूनी अप्ठ्यारो छ । कर्मचारी भर्ना गर्ने अधिकार दिए वा कर्मचारी पठाए भने हामीलाई सजिलो हुने थियो । यसका बाबजुत पनि जसरी भएपनि भुक्तानी गर्ने भनेर पूर्वाधार निर्माण र योजनालाई पूरा गर्न भनेका छौँ । हामी हाम्रो योजना जसरी भएपनि पूरा हुन्छ ।


अन्तमा चार वर्षको कार्यकाल पुरा गरिसक्नु भयो? यो अवधि तपाईहरुका लागि सिकाइ्को अवधिमा मात्र सिमिति भयो कि जनताका लागि केही गरियो जस्तो पनि लागेको छ ? 
हाम्रो लागि यो कार्यकाल उपलब्धीमुलक रह्यो । यो दुर्गम गाउँपालिका हो । यहाँ १० किमि सडक थियो अहिले २ सय ५० सडक खनिएको छ ।  सडक कालोपत्रे गरेका छौँ । बिजुली बत्तीको काम पनि ९० प्रतिशत हुन्छ । खानेपानीको त्यतिकै भएको छ । कृषि, रोजगारका कार्यक्रम पनि हामीले गरेका छौँ ।