close

रूपन्देहीका १६ पालिकामा ९ हजारले लगाए खोप 

रूपन्देहीका १६ पालिकामा ९ हजारले लगाए खोप 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीमा ६० देखि ६४ वर्ष उमेर समूहका ९ हजारले पहिलो मात्राको चिनियाँ भेरोसेल खोप लगाएका छन् । जिल्ला
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार जिल्लाभित्रका १६ पालिकाका ९६ खोप केन्द्रमार्फत ९ हजार जनाले पहिलो मात्रामा भेरोसेल खोप लगाएका हुन् ।

 

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार बुटवल उपमहानगर पालिकामा २२ सय ८१ लक्ष्य भएकामा २१ सय ३० जनाले खोप लगाएका छन् ।

 


त्यस्तै, देवदह नगरपालिकामा ८५६ लक्ष्य भए पनि ६०७ जनाले खोप लगाएका छन् । तिलोत्तमामा १६१४ लक्ष्य भए पनि १५५३ जनाले खोप लगाएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा १४५४ लक्ष्य भए पनि २४६ जनाले खोप लगाएका छन् ।

 

सैनामैना ९१५ लक्ष्यमध्ये ९१५ जनाले खोप लगाएका छन् । सिद्धार्थनगर नगरपालिकामा ७९७, गैडहवामा २२८, कञ्चनमा ३५९ कोटहीमाई गाउँपालिकामा ६१, मर्चबारीमा ८९, मायादेवीमा ३१३, ओमसतियामा ४१५, रोहिणीमा ३८८, सम्मरीमाईमा ८८, सियारीमा ३९०, शुद्धोधनमा ४११ गरी जम्मा ९ हजार जनाले पहिलो मात्रामा भेरोसेल खोप लगाएका छन् ।

 

जिल्लामा १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य भए पनि ९ हजारले लगाएका छन् । खोप खेर जाने दर न्यून रहेको डा. गिरीले बताए ।स्वास्थ्य प्रमुख गिरीले भने, ‘नगरपालिकामा र धेरै गाउँपालिकामा उत्साहप्रद रूपमा खोप लगाएका छन् भने केही गाउँपालिकामा निकै कम खोप लगाएको पाइयो ।’ पहिलो मात्रामा भेरोसेल खोप १ दिनका लागि मात्र लगाइने कार्यक्रम रहेको प्रमुख गिरीले बताए ।