close

ताप्लेजुङका स्थानीय तहलाई मनकारीले दिए अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री 

ताप्लेजुङका स्थानीय तहलाई मनकारीले दिए अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङका ९ स्थानीय तह र दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री वितरण गरिएको छ । ९ वटै स्थानीय तह सहित दुर्गम हिमाली गाउँ ओलाङ्चुङगोला, घुन्सा र पापुङलाई ३ वटा सामाजिक संस्था र अगुवा सामाजिक कार्यकर्ताको आर्थिक लगानीमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको डेभलपमेन्ट फाउन्डेसन अस्ट्रेलिया (एचडीएफए) का नेपाल प्रतिनिधि मिङ्माडण्डु लामाले जानकारी दिए ।

 

कोरोना संक्रमण गाउँ-गाउँसम्म फैलिएको अवस्थालाई दृष्टिगत गर्दै पर्याप्त स्वास्थ्य पहुँच नभएका दुर्गम तथा विकट क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ७ ओलाङ्चुङगोला र मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङका लागि १/१ थान अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

 

फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपको घुन्सालाई अक्सिजन कन्सन्ट्रेटरबाहेकका स्वास्थ्य सामग्री उपलब्ध गराइएको शेर्पाले बताए । ओलाङ्चुङगोला र पापुङका लागि स्थानीय स्वास्थ्य चौकीमार्फत प्रयोग गर्ने गरी अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ । 


ती २ वटा गाउँ र घुन्सासमेतलाई भिटामिन सी, डी, जिंकलगायत विभिन्न एन्टिबायोटिक औषधी उपलब्ध गराएको शेर्पाको भनाइ छ । घुन्सा, ओलाङ्चुङगोला र पापुङ दुर्गम हिमाली क्षेत्रमा गनिन्छन् । शेर्पाका अनुसार फुङ्लिङ नगरपालिकासहित ८ वटा गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । 


मिक्वाखोला, फक्ताङ्लुङ, सिरिजंघा र सिदिङ्वा गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्बरक गाउँपालिका, मैवाखोला, मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकालाई भने अक्सिजन कन्सन्ट्रेटरबाहेकका स्वास्थ्य सामग्री मात्र उपलब्ध गराइएको शेर्पाले बताए । 

 

उनका अनुसार स्थानीय तह र स्वास्थ्य संस्थालाई गरी १० हजार थान सर्जिकल मास्क, स्यानिटाइजर २ सय ५० लिटर, ह्यान्ड स्यानिटाइजर १०० एमएलको ५ सय थान, टप ग्लोब्स (पञ्जा) ५० पिस वितरण गरिएको छ ।

 

त्यस्तै, पिपिई स्पेसल ५० थान, थर्मलगन ४५ थान, अक्सिमिटर ४५ थान, फेस सिल २ सय थान, एन–९५ मास्क ५ सय थान र अन्य भिटामिन, एन्टिबायोटिक औषधीसमेत वितरण गरिएको शेर्पाले जानकारी दिए । 

 

उनका अनुसार ताप्लेजुङ जिल्ला अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तह र स्वास्थ्य संस्थालाई वितरण गरिएका अक्सिजन कन्सन्ट्रेटरमध्ये ४ थान हिमालयन डेभलपमेन्ट फाउन्डेसन अस्ट्रेलिया, बाँकी ६ थान डाँफे फाउन्डेसन युएसए र नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसीसीडीएफ) को सहयोग तथा काठमाडौंमा बस्दै आएका ओलाङ्चुङगोला निवासी दावाशम्बु शेर्पाको समन्वयमा प्राप्त भएको हो ।