close

भीरकोटले स्थापना गर्‍यो अक्सिजन प्लान्ट

भीरकोटले स्थापना गर्‍यो अक्सिजन प्लान्ट

Trulli
ADVERTISEMENT

स्याङ्जा- महावीर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पहिलो पटक मिनिअक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्ने प्रविधिको सफल परीक्षणपछि भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरेको छ ।

 

राष्ट्रिय आविष्कार केन्द्रले वैकल्पिक प्रविधिबाट मिनिअक्सिजन प्लान्ट निर्माण गरी भीरकोट नगरपालिकास्थित भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरेको हो ।

 

आविष्कार केन्द्रका इन्जिनियर उमेश किराँतलगायतको सहयोगमा अक्सिजनका लागि वैकल्पिक व्यवस्था गरेर नयाँ प्रविधिको आविष्कार गरिएको पुनले जानकारी दिए ।

 

झन्डै २० लाख रुपैयाँ लागतमा उक्त प्लान्ट निर्माण सम्पन्न गरिएको आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले जानकारी दिए । 

 

नगरपालिका र आविष्कार केन्द्रको संयुक्त लागतमा उक्त प्लान्ट निर्माण गरिएको भीरकोट नगरप्रमुख छायाराम खनालले जानकारी बताए । कोभिड-१९ महामारीमा अक्सिजन सिलिन्डर अभाव भइरहेका बेला आविष्कार केन्द्रले वैकल्पिक विधिबाट अक्सिजन उत्पादन गरी एकैसाथ अस्पतालका सबै बेडमा पुर्‍याउन सकिने व्यवस्था गरेकामा नगरप्रमुख खनालले आविष्कार केन्द्र र पुनलाई धन्यवाद दिए ।

 

कार्यक्रममा अर्जुनचौपारी गाँउपालिकाका प्रमुख दीर्घनारायण अर्याल, वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, भीरकोट नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ अर्याल, भीरकोट नगरपालिकाका नगर प्रवक्ता दीपेन्द्र केसी, भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललगायतले आविष्कार केन्द्रले महामारीका बेला नमुना काम गरेको बताए ।