close

मंगोलियामा नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै

मंगोलियामा नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै

Trulli
ADVERTISEMENT

एजेन्सी- मंगोलियामा नयाँ राष्ट्रपतिका लागि मतदान सुरु भएको छ । राष्ट्रपतिका उम्मेदवारमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख चुनावी मैदानमा छन् । उनका मुख्य प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका सोड्नोजुनदुइन एर्डिन रहेका छन् । 


मंगोलियाको राष्ट्रपतिको पद आलंकारिक प्रकृतिको भएपनि सेनाको नियन्त्रण र सञ्चालनका साथै कतिपय अवस्थामा विधेयकमाथि विशेषाधिकार (भिटो) लगाउने अधिकार राष्ट्रपतिमाथि रहेको छ । मंगोलियामा देशको कार्यकारी अधिकार संसद, मन्त्रिपरिषद र प्रधानमन्त्रीको कार्यालयमा रहेको छ ।


मंगोलियाको निर्वाचन आयोगका अनुसार चुनावका लागि २१ लाख ५१ हजार व्यक्तिको नाम मतदाता सूचीमा रहेको छ । मतदान कार्य राति १० बजेसम्म चल्ने छ । 

 

सन् १९९२ यता मंगोलीयामा छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । मंगोलियामा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुनेछ ।