close

यस्तो छ महामारी रोक्न पाटन नगरपालिकाको सक्रियता ( भिडियो खबर) 

यस्तो छ महामारी रोक्न पाटन नगरपालिकाको सक्रियता ( भिडियो खबर) 

ADVERTISEMENT

बैतडी- दुई महिनापछि बल्ल देशभर कोरोना भाइरसको संक्रमणको दरमा कमि आएको छ । तर, अझै पनि महामारीको प्रकोप साम्य भएको छैन । सरकारले महामारीको तेस्रो र चौथो लहर आउने चेतावनी समेत दिइरहेका छन् । तर, यो बीचमा स्थानीय सरकार आफ्नै सामथ्र्यमा कोरोना नियन्त्रण गरिरहेका छन् ।

 

बैतडीको पाटन नगरपालिकाले पनि संक्रमण फैलन नदिन र बिरामीको उपचारका लागि सबै स्वास्थ्य संस्थामा औषधिको पर्याप्तता, पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहित औषधिको व्यवस्था गरिरहेको छ । कोरोना भाइरसको संक्रमण जताततै फैलिइसकेको अवस्थामा अहिले बैतडी जिल्लामा केही दिनको तुलनामा संक्रमण दर घटेको छ ।

 

एक महिनाअघि सम्म एक हजार नजिक पुगेको सक्रिय संक्रमित संख्या घटेको छ । सबै स्थानीय तह कोरोना नियन्त्रणमा लागेको अवस्थामा जिल्लाको पाटन नगरपालिकाले पनि विभिन्न प्रयास गरिरहेको छ । सबै स्वास्थ्य संस्थामा औषधिको प्रयाप्तता, पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहित औषधिको व्यवस्था, आइसोलेसन वार्ड निर्माण देखि शंकास्पदको परीक्षण गराउने लगायतका कार्यमा नगरपालिका जुटेको छ ।

 

जिल्लामा बैभन्दा बढी सक्रिय संक्रमित दशरथचन्द नगपालिका र पाटन नगरपालिकामा छन् भने महामारी रोक्न उनीहरूले सक्रियता पनि देखाइरहेका छन् । पाटन नगरपालिकाले कोरोना नियन्त्रणका लागि शंकास्पद व्यक्तिको परीक्षण गर्ने, जटिल लक्षण भएका संक्रमितलाई आइसोलसनमा बसालेर उपचार गर्ने, आवश्यक औषधि तथा अक्सिजनको आपूर्ति गर्ने लगायतका काम गरिहेको छ । यसैगरी तराईका जिल्लाबाट आउनेलाई बाटोमै रहेको पाटन ८ स्थित खोड्पे बजारमा एन्टीजेनबाट कोरोना परीक्षण गरी आइसोलेसनमा राख्ने काममा नगरपालिका जुटेको छ ।

 

पाटन नगरपालिका कोरोनाको संक्रमण फैलन सुरु भएदेखि नै यसको रोकथाम तथा व्यवस्थापनमा लागेको थियाे । बिगतमा पनि क्वारेन्टिन बनाउने, क्वारेन्टिनमा बसेका ब्यक्तिको खाने बस्ने, शौचालय, सरसफाई गर्न पानीको व्यवस्था गरिएको थियो । यस वर्ष पनि कोरोना व्यवस्थापनमा बलियो कदम चालेको नगरपालिकाको दावी छ । 

 

अहिले सबै ठाउँमा कोरोनाको संक्रमण फैलिइसकेको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणमा स्थानीय तह लागि परेका छन् । कोराना नियन्त्रणका लागि विभिन्न संयन्त्रले चालेको पाइलाले केही  मात्रामा संक्रमण दर कम भएको छ । अझै पनि स्वस्थ्यका मापदण्डको अनिवार्य पालना गर्न सकेमा कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने देखिन्छ ।