close

पालुङटारमा संक्रमणको त्रास, बरेङमा लोकसेवा क्लास (भिडियो खबर) 

पालुङटारमा संक्रमणको त्रास, बरेङमा लोकसेवा क्लास (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले गरे प्लान्टको उद्घाटन ।


२) चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु, अधिकांश पालिकामा ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाइँदै ।


३) कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्‍यो २४ वटा हाते ट्रयाक्टर, दोस्रो चरणमा १७ कृषकलाई पालिकाले ट्रयाक्टर वितरण गर्ने ।

 

४) अर्घाखाँचीको छत्रदेव गाउँपलिकाभित्र रहेका सम्पूर्ण विद्यालयले प्रकाशित गरे विद्यार्थीको वार्षिक परीक्षाको नतिजा, कक्षा ८ को नतिजा पालिकाले प्रकाशन गर्ने ।


५) धादिङको रुवीभ्याली गाउँपालिकालाई जनजाति कल्याण आश्रम र सेवा इन्टरनेसनलले दियो विभिन्न स्वास्थ्य सामग्री, कोरोना रोकथाम र संक्रमितको उपचारमा सामग्रीले सहयोग पुग्ने ।


६) कोरोना रोकथाम र नियन्त्रणका लागि स्याङ्जाको गल्याङ नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नेहरू बढ्दै, पालिकाले परीक्षणको दायरा पनि बढायो ।

 

७) भक्तपुरको मध्यपुर थिमि नगरपालिका–७ को सडकमा ढुंगा छाप्न सुरु, नगरप्रमुख मदनसुन्दर श्रेष्ठले गरे निर्माण कार्यको शुभारम्भ ।

 

८) सिआरएस नेपालको सहयोग र पाल्पाको तानसेन नगरपालिकाको समन्वयमा युनाइटेड मिसन अस्पताललाई स्वास्थ्य सामग्री प्रदान, नगरप्रमुख अशोककुमार शाहीले गरे स्वास्थ्य सामग्री हस्तान्तरण ।

 

 ९) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५० हजार रुपैयाँ दिने, अन्यत्र उपचार गर्न जानुपरे एम्बुलेन्स पनि निःशुल्क ।

 

१०) कोरोना संक्रमणले भयाभय रूप लिएपछि जुम्लाको राँकागाउँ सिल, २३ जनामा कोरोना पुष्टि भएपछि १० दिनका लागि गाउँ सिल गर्ने पालिकाको निर्णय ।

 

११) अक्सिजन प्लान्ट सञ्चालन गर्न रकम जुटाउँदै झापाको कन्काई नगरपालिका, कोषमा कन्काई माध्यमिक विद्यालयको पूर्वविद्यार्थी समाजले जम्मा गर्‍यो एक लाख तीस हजार एक सय एघार रुपैयाँ  ।


१२) पर्साको पटेर्वा सुगौली गाउँपालिकाले कृषकलाई वितरण गर्‍यो उन्नत जातका बोयर बोका र बंगुरका पाठापाठी, अनुदानमा बोयर र पाठापाठी पाउँदा कृषक दंग ।

 

१३) काभ्रेको पाँचखाल नगरपालिकाले कोरोना परीक्षणको दायरा बढायो, आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका संक्रमितलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरघर पुग्दै ।


१४) सुनसरीको रामधुनी नगरपालिकालाई प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले प्रदान गर्‍यो विभिन्न स्वास्थ्य सामग्री, जनप्रतिनिधि कोरोना नियन्त्रणमा थप सक्रिय ।

 

१५) कोरोनाका संक्रमित बढेपछि गोरखाको पालुङटार नगरपालिकाले २ वटा वडालाई गर्‍यो सिल, वडा नम्बर ५ र १० मा अत्यावश्यकबाहेकका सेवा बन्द ।


१६) भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरणको व्यवस्था गर्न आर्थिक सहयोग जुट्दै, पालिकालाई स्थानीयको साथ ।


१७) बागलुङको बरेङ गाउँपालिकाले स्थानीय रेडियोमार्फत ‘हेलो लोकसेवा’ कार्यक्रम सुरु गर्‍यो, कार्यक्रममा विद्यार्थी तथा लोकसेवा तयारी गरिरहेकाले भाग लिन पाउने  ।

 

१८) कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई परामर्श सेवा दिन स्याङ्जाका स्थानीय तह सक्रिय, संक्रमितलाई औषधि पनि प्रदान ।

 

१९) कपिलवस्तुको यशोधरा गाउँपालिकामा कोरोना संक्रमितका परिवारले  परीक्षण गर्न नमान्दा जोखिम झन बढ्यो, पालिकावासी त्रसित ।

 

२०) हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र खार्पुनाथ गाउँपालिकाको बाम्टागाउँमा लगाइएको निषेधाज्ञा हटाइयो ।