close

निगममा रुपान्तरण भएपछि नगर विकास काेषकाे दायरा फराकिलाे बन्छ: शहरी विकास मन्त्री

निगममा रुपान्तरण भएपछि नगर विकास काेषकाे दायरा फराकिलाे बन्छ: शहरी विकास मन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं- नवनियुक्त उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले बुधवार नगर विकास कोषको भ्रमण गरेका छन् । भ्रमणका क्रममा महतोले कोषका कार्यक्रमसँगै अन्य विविध विषयमा कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटासँग जानकारी लिएका थिए ।


सो अवसरमा कोषका कार्यकारी निर्देशक सापकोटाले मन्त्री महतो र शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष डा. रमेशप्रसाद सिंहलाई कोषको कार्यक्रम र आगामी कार्यदिशाका सम्बन्धमा जानकारी गराएका थिए ।


भ्रमणका क्रममा मन्त्री महतोले कार्यकारी निर्देशक सापकोटा तथा कर्मचारीहरुसँग अन्तरक्रियात्मक रुपमा छफलफल समेत गरेका थिए । साे अवसरमा मन्त्री महतोले कोषलाई व्यवसायिक, पर्यटन तथा सामाजिक पूर्वाधारका आयोजनाहरुमा लगानी बढाई अझ सुदृढ र सबल संस्थाका रुपमा स्थापित गर्ने बताए । साथै मन्त्री महतोले कोषलाई नगर वित्त निगममा रुपान्तरण गर्नका लागि प्रस्तावित निगम ऐनलाई कार्यान्वनमा ल्याउन आफ्नो तथा मन्त्रालयको तर्फबाट महत्वपूर्ण पहल हुने जानकारी गराए । 


कार्यक्रममा सचिव सिंहले नगर विकास कोषको कार्यक्षेत्रलाई अझै विस्तार गर्दे फोहरमैला व्यवस्थापन, नवप्रवर्तक आयोजना तथा सामाजिक पूर्वाधारका क्षेत्रलाई पनि प्राथमिकता दिई आयोजनाहरु अगाडि बढाउनुपर्ने बताएका थिए ।