close

पालिकामा दिनभर: रामेछापमा कोरोनाको त्रास, ठाकुरबाबाकाे २० हजार राहत (भिडियो खबर)

पालिकामा दिनभर: रामेछापमा कोरोनाको त्रास, ठाकुरबाबाकाे २० हजार राहत (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) बर्दियाको ठाकुरबाबा नगरपालिकाले कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई २० हजार रुपैयाँ राहत दिने, लक्षण देखिएका व्यक्तिको दैनिक निःशुल्क परीक्षणको व्यवस्था ।


२) रामेछाप नगरपालिकामा कोरोना संक्रमित बढेपछि अत्यावश्यकबाहेकका सेवा बन्द, २ असारसम्म नगरपालिका र वडा कार्यालय पनि बन्द हुने ।

 

३) स्याङ्जाको फेदीखोला गाउँपालिकाले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा शिक्षा क्षेत्रका लागि प्राथमिकता दिन भर्चुअल माध्यमबाट माग्यो पालिकाबासीसँग राय सुझाव, सुझावका आधारमा बजेट बनाउने ।

 

४) दाङको राप्ती गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत कृषकलाई वितरण गर्‍यो विभिन्न कृषि सामग्री, सामग्री पाउँदा कृषक दंग ।

 

५) महोत्तरीको बर्दिबास नगरपालिकाले ठेक्कामा लगाएको रातु नदीको उत्खनन मापदण्डविपरीत भएको भन्दै ठेकेदार कम्पनीलाई उत्खनन रोक्न निर्देशन, पालिकाद्वारा नापजाँच उपसमिति गठन ।


६) सम्भव छ नेपाल नामक संस्थाले गोरखाका पाँच स्थानीय तहलाई ६ एम्बुलेन्स प्रदान, एम्बुलेन्ससँगै विभिन्न स्वास्थ्य सामग्री पनि हस्तान्तरण ।

 

७) ललितपुरको गोदावरी नगरपालिकालाई शक्ति समूह तथा पार्क इन्टरनेसनलका कन्ट्री म्यानेजर विष्णुबहादुर महर्जनले दिए विभिन्न स्वास्थ्य सामग्री, नगरप्रमुख गजेन्द्र महर्जनले बुझे स्वास्थ्य सामग्री ।

 

८) कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई परामर्श सेवा दिन खोटाङका स्थानीय तह सक्रिय, संक्रमितलाई औषधी पनि वितरण ।

 

९) कपिलवस्तुको वाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि गर्‍यो छलफल, कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागिता ।


१०) नगर क्षेत्रभित्रका खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न बन्द गरेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले अन्यत्रबाट ल्याइने नदीजन्य वस्तु घाटगद्दी गर्नसमेत लगायो रोक, तिनाउ र सुखौरा खोलाबाट उत्खनन् रोक ।


११) उदयपुरको बेलका नगरपालिका अक्सिजन प्लान्ट निर्माणमा जुट्यो, प्लान्ट सञ्चालनका लागि नगरपालिकालाई सहयोग रकम जुट्दै ।


१२) पाल्पाको तिनाउ गाउँपालिकाले किसानलाई मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत भैँसीको पाडापाडी वितरण गर्‍यो, यसअघि पालिकाले किसानलाई दिएको थियो घारसहितका मौरी ।

 
१३) भोजपुरको रामप्रसादराई गाउँपालिका-७ वासिखोरामा अस्थायी प्रहरी चौकी स्थापना, चौकी स्थापना भएपछि स्थानीयले पाए सुरक्षाको अनुभूति ।


१४) उदयपुरको कटारी नगरपालिकाको कटारी अस्पतालमा एक वर्षदेखि बन्द प्रसूति शल्यक्रिया सेवा सुरु, शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने गर्भवती अन्यत्र जानु नपर्ने ।

 

१५) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५० हजार रुपैयाँ दिने, अन्यत्र उपचार गर्न जानुपरे एम्बुलेन्स पनि निःशुल्क ।

 

१६) कोरोना संक्रमण भयावह भएपछि जुम्लाको तातोपानी गाउँपालिकाको राँकागाउँ सिल, १० दिनका लागि गाउँ सिल गर्ने पालिकाको निर्णय ।

 

१७) काठमाडौ महानगरपालिकाको वडा नम्बर ९ मा स्थानीय समाजसेवीहरु मिलेर शारदा माध्यमिक विद्यालयमा ३० बेडको आइसोलेसन सञ्चालनमा ल्याए,  संक्रमितलाई सहज हुने ।


१८) आनी छोइङ डोल्मा फाउन्डेसन र प्रारम्भ सामाजिक संस्था ललितपुरद्वारा झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री वितरण, दुवै पालिका कोरोना नियन्त्रणमा थप सक्रिय ।

१९) कोरोना संक्रमितको उपचारका लागि स्याङ्जाको वालिङ नगरपालिकालाई रकम सहयोग गर्नेहरू बढ्दै, पालिकाले गाउँगाउँमा पुगेर कोरोना परीक्षण गर्न थाल्यो ।

 

२०) सुनसरीको धरान उपमहानगरपालिकामा कार्यरत सफाइकर्मी बाबुराम पौडेलको निधन, निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द।