close

गण्डकीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, विपक्षी गठबन्धनमा पनि पुगेन बहुमत 

गण्डकीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, विपक्षी गठबन्धनमा पनि पुगेन बहुमत 

Trulli
ADVERTISEMENT

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेशसभाबाट विस्वासको मत पाउन नसकेपछि पदमुक्त भएका छन् । 


आज भएको मतदानमा गुरुङको पक्षमा २७ मत मात्र परेको छ । उता विपक्षीले कुल सांसद संख्याकाे  बहुमत भने जुटाउन सकेनन् । तत्काल कायम रहेकाे सांसद संख्याकाे बहुमत सदस्यले गुरुङकाे बिपक्षमा मतदान गरे । 

 

मुख्यमन्त्रीबिरुद्ध अविस्वासको प्रस्ताव पारित  भएर उनी पदमुक्त भएपनि नयाँ सरकार गठन भने चुनाैतीपूर्ण देखिएकाे छ । 

 

एकजना सांसद अनुपस्थित र एकजना तटस्थ बसेको र सभामुखले मत नहालेको अवस्थामा प्रदेशसभामा मुख्यमन्त्री हटाउन कुल सांसदकाे बहुमत जुट्न सकेन ।

 

स्वतन्त्र सांसद राजिव गुरुङ मतदानमा उपस्थित भएनन् भने जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसे । संसदको तत्काल कायम रहेको सांसद संख्याको बहुमत जुटाउन नसकेर पद गुमेपनि अब नयाँ बन्ने सरकारमा आजकै अंकगणित कायम रहे नयाँ मुख्यमन्त्रीले पुन विस्वासकाे मत जुटाउने सम्भावना रहन्न ।