close

पालिकामा दिनभर: शिवराजमा दमकलको चर्चा, कुश्माका स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता (भिडियाे खबर)

पालिकामा दिनभर: शिवराजमा दमकलको चर्चा, कुश्माका स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) पर्वतको कुश्मा नगरपालिकाद्वारा कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई तलबको शतप्रतिशत र कार्यालयमा रहने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने निर्णय ।

 

 

२) कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई १५ हजार रुपैयाँ राहत दिने, नगरमा हालसम्म संक्रमणबाट १४ जनाको मृत्यु ।

 

३) कोरोना कहरका बीच पनि डडेलधुराको परशुराम नगरपालिका विकास निर्माण जुट्यो, जनप्रतिनिधि र कर्मचारीले गरे योजना अनुगमन ।

 

४) कपिलवस्तुको शिवराज नगरपालिकाले खरिद गर्‍यो दमकल, नगरपालिकाले दमकल केही दिनमै सञ्चालनमा ल्याउने ।

 

५) रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले किसानलाई वितरण गर्न ल्याएका बाख्रा पाल्न योग्य नभएको भन्दै किसानले लिन अस्वीकार गरे, पालिकाले फिर्ता पठायो २६ बाख्रा ।

 

६) रूपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष सुनिता कलवारले नवनिर्मित पुलको शिलालेखमा आफ्नो नाम नराखिएको भन्दै गरिन् तोडफोड, कलवारले शिलालेखमा मार्करले लेखिन् आफ्नो नाम ।


७) काभ्रेको पाँचखाल नगरपालिकाले कोरोना परीक्षणको दायरा बढायो, नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा भने बन्द ।

 

८) खोप सकिएपछि काठमाडौं महानगरपालिकामा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित, ज्येष्ठ नागरिकले समेत लगाउन पाएनन् खोप ।

 

९) उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न रकम सहयोग गर्नेहरू बढ्दै, प्लान्टबाट ३५ दिनभित्रै उत्पादन सुरु हुने ।


१०) बजेट निर्माणको चटारोमा ताप्लेजुङका स्थानीय तह, १ नगरपालिका र ८ गाउँपालिकासहित ९ स्थानीय तहले आउँदो १० असारभित्र बजेट ल्याउने ।

 

 

११) सिरहाको धनगढीमाई नगरपालिकामा व्यक्तिगत घटना दर्ता अभियान सुरु, अभियान १५ असारसम्म सञ्चालन हुने ।

 

 

१२) भोजपुरको षडानन्द नगरपालिकाका कर्मचारीले विभिन्न स्वास्थ्य सामग्री कोभिड अस्पताललाई गरे हस्तान्तरण, कर्मचारीले सामग्री खरिद गर्न संकलन गरेका थिए एक लाख ५१ हजार रुपैयाँ ।


 १३) रूपन्देहीको बुटवल उपमहानगपालिका निःशुल्क रूपमा कोरोना परीक्षण गर्दै, पालिकाका स्वास्थ्यकर्मी कोरोना परीक्षण गर्न टोल-टोल पुग्दै ।

 

१४) बाँकेको कोहलपुर नगरपालिका-१२ को वडा कार्यालयलाई स्थानीय टीकाराम पौडेल र डिलकुमारी पौडेलले प्रदान गरे विभिन्न स्वास्थ्य सामग्री, नगर क्षेत्रमा कोरोनाका संक्रमित घट्दै ।

 

१५) कोरोना संक्रमितको उपचारका लागि स्याङ्जाको वालिङ नगरपालिकालाई रकम सहयोग गर्नेहरू बढ्दै, पालिकाले गाउँगाउँमा पुगेर कोरोना परीक्षण गर्न थाल्यो ।

 

 

१६) कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई परामर्श सेवा दिन गोरखाको पालुङटार नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी सक्रिय, संक्रमितलाई औषधी पनि वितरण ।

 

१७) वोधिसत्व विहार बूढानीलकण्ठले ललितपुरको गोदावरी नगरपालिकालाई दियो विभिन्न स्वास्थ्य सामग्री, पालिका कोरोना नियन्त्रणमा थप सक्रिय ।


१८) बायो ग्यास सहयोग कार्यक्रम नेपालले दाङको घोराही उपमहानगरपालिकालाई गर्‍यो एक हजार थान पिपिई सेट हस्तान्तरण, पालिकाले कोरोना परीक्षणको दायरा पनि बढायो ।

 

१९) तनहुँको बन्दीपुर गाउँपालिका र सडक विभागको लगानीमा पिप्ले-बन्दीपुर सडक धमाधम कालोपत्रे गरिँदै, प्रत्येक वडा कार्यालयसम्म कालोपत्रे सडक पुर्‍याउने अभियान।


२०)  चितवनको खैरहनी नगरपालिका-१३ का वडा सदस्य लक्ष्मी सुनार गौतमको निधन, गौतमको निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द ।