close

मेरिङ्देनका प्रत्येक वडालाई कम्तीमा ६० लाखको बजेट सिलिङ

मेरिङ्देनका प्रत्येक वडालाई कम्तीमा ६० लाखको बजेट सिलिङ

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले प्रत्येक वडालाई कम्तीमा ६० लाख रुपैयाँ पर्ने गरी आर्थिक वर्ष २०७८–७९ का लागि बजेट सिलिङ दिएको छ । 

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार प्रत्येक वडालाई न्यूनतम ६० लाख रुपैयाँ र बाँकी सूत्रमा आधारित बजेट उपलब्ध हुने गरी सिलिङ दिइएको हो ।

 

उनका अनुसार सबैभन्दा बढी बजेट सिलिङ वडा नम्बर ६ नाल्बुले पाएको छ । नाल्बुले ७० लाख १६ हजारको बजेट सिलिङ पाउँदा वडा नम्बर १ थिङ्लाबुले ६८ लाख ५८ हजार रुपैयाँको सिलिङ पाएको हो ।

 

यस्तै, वडा नम्बर ५ थुकिमाले ६७ लाख १६ हजार, वडा नम्बर २ सान्थाक्राले ६६ लाख ९ हजार ६ सय, वडा नम्बर ४ लिङ्तेपले ६४ लाख ७८ हजार र वडा नम्बर ३ खाम्लुङले ६३ लाख ५४ हजार रुपैयाँको बजेट सिलिङ पाएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को नीति, कार्यक्रम तथा बजेट आउँदो ९ असारमा सार्वजनिक गर्ने बताइसकेको छ ।