close

विपद् व्यवस्थापनको पूर्वतयारीमा वालिङ

विपद् व्यवस्थापनको पूर्वतयारीमा वालिङ

Trulli
ADVERTISEMENT

स्याङ्जा- विपद्का कारण हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । नगरपालिका जलवायु परिवर्तनका कारण हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि आवश्यक तयारीमा जुटेको हो ।


नगरप्रमुख एवं नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बर्खाको समय बाढीपहिरोका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई लक्षित गर्दै आवश्यक तयारी गर्ने निर्णय भएको हो ।


गत वर्षभन्दा यो वर्ष पानी धेरै आउने जल तथा मौसमविद्ले पूर्वानुमान गरेअनुसार वालिङमा बाढीपहिरो गई क्षति हुन सक्ने भएकाले जोखिमयुक्त बस्तीलाई विशेष प्राथमिकतामा राखिने निर्णय बैठकले गरेको छ । 


जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने, विपद न्यूनीकरणका लागि समयमै उद्दार गर्न आवश्यक उपकरण खरिद गरी उद्दारलाई छिटोछरितो गराउने निर्णय भएको छ । 


वालिङ नगरभित्रका मनसुनजन्य विपद्मा परी विभिन्न घर भत्किने र पुनस्र्थापना तथा प्रबलीकरण गर्नपर्ने घरका लागि सरकारको ५५ प्रतिशत, प्रदेशको ३० प्रतिशत र स्थानीय सरकारको १५ प्रतिशत रकम बेहोर्ने व्यवस्था भएबमोजिम वालिङमा स्वीकृत भई आएका घरका लागि नगरपालिकाका तर्फबाट रकम जम्मा गर्ने निर्णय भएको छ ।


वालिङ नगरपालिकाभित्र गत वर्षको वर्षाले बाढीपहिरो कारण पुनस्र्थापना गर्नुपर्ने घर संख्या ६३, प्रबलीकरण गर्नुपर्ने घर संख्या ८७ र पुनर्निर्माण गर्नुपर्ने घर संख्या ३६ वटा छन् । 

 

त्यस्तै, वालिङले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम तथा जिन्सी सहयोग गर्ने, सवारी साधन उपलब्ध गराउने, स्वयंसेवकको रूपमा कार्य गर्ने सहयोगी संघ–संस्था तथा व्यक्तिलाई धन्यवाद दिएको छ ।