close

मेरिङ्देनको आन्तरिक राजस्व लक्ष्यभन्दा सवा १३ लाख बढी

मेरिङ्देनको आन्तरिक राजस्व लक्ष्यभन्दा सवा १३ लाख बढी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- आर्थिक वर्ष समाप्त हुन १ महिना बाँकी छँदै ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले लक्ष्यभन्दा १३ लाख २६ हजार रुपैयाँ बढी रकम आन्तरिक राजस्व उठाउन सफल भएको छ । 

 

गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ मा १९ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकामा ३३ लाख १ हजार ४ सय ३४ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ, जुन लक्ष्यभन्दा १३ लाख २६ हजार ४ सय ३४ रुपैयाँ बढी हो ।

 

गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ अनुसार आन्तरिक आम्दानीको विवरण सार्वजनिक गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार गाउँ कार्यपालिकाको कार्यालय सान्थाक्राले १० लाख १७ हजार ३० रुपैयाँ राजस्व संकलन गरेको छ । 

 

गाउँपालिकाले ३ लाख ७१ हजार ५ सय ५१ रुपैयाँ बेरुजु असुलेको छ । ८ लाख १३ हजार ६ सय रुपैयाँ ढुंगा, गिटी, बालुवा ठेक्काबापत गाउँ कार्यपालिकाले राजस्व असुल गरेको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेका अनुसार विभिन्न कर दस्तुरबापत वडा नम्बर १ थिङ्लाबुले २ लाख ६६ हजार ८ सय ४१, वडा नम्बर २ सान्थाक्राले ३ लाख २४ हजार ५ सय ७०, वडा नम्बर ३ खाम्लुङले ५० हजार ७ सय १०, वडा नम्बर ४ लिङ्तेपले १ लाख २९ हजार १ सय ११, वडा नम्बर ५ थुकिमाले ३ लाख ९ सय र वडा नम्बर ६ नाल्बुले २७ हजार १ सय २१ रुपैयाँ राजस्व असुलेको मेरिङ्देन गाउँपालिकाले जनाएको छ ।