close

नयाँ लहर आउन नदिन चैबीसै घण्टा खट्दैछन् चिकित्सक र जनप्रतिनिधि (भिडियाे खबर)

नयाँ लहर आउन नदिन चैबीसै घण्टा खट्दैछन् चिकित्सक र जनप्रतिनिधि (भिडियाे खबर)

ADVERTISEMENT

बैतडी– कोरोना भाइरसको संक्रमणको दर निरन्तर बढीरहँदा बैतडीका अधिकांश स्थानीय तहले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याए । चिकित्सकको पनि व्यवस्था गरे । कोरोना परीक्षणको दायरा बढाए । संक्रमित भेटिए पालिकाकै आइसोलेसनमा अक्सिजनको व्यवस्था गर्दै उपचार गरिरहे । अस्पतालमा आवश्यक सबै प्रबन्ध गरिएको छ । दोगडाकेदार गाउँपालिकामा अहिले संक्रमणको दर घटिरहेपनि अस्पताल सञ्चालनलाई भने निरन्तरता दिइएको छ । २४ घण्टा चिकित्सकको निगरानी पनि गरिएको छ । 

 

अहिले बैतडीका सबै स्थानीय तहमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा छन् । तर, केही स्थानीय तहमा अझै चिकित्सक छैनन् भने केहीले चिकित्सकसहितको सेवा दिइरहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकामा चिकित्सक सहितको कोरोना अस्थायी अस्पताल र अक्सिजन सहितका आइसोलेसन बनाइएका छन् । अहिले पालिकामा कोरोनाको संक्रमण दर घटेको बताइएको छ । हाल दोगडाकेदारमा ११ जना मात्रै कारोनाका सक्रिय बिरामी छन् । कोरोना न्यूनिकरणमा गाउँपालिका मजबुत तवरले लागि परेको देखिन्छ । गाउँपालिकामा स्थापना गरिएको अस्पतालमा आवश्यक सबै सुबिधाहरुको व्यवस्थापन गरिएको छ ।


अहिले हरेक स्थानीय तहमा अस्थायी कोभिड १९ अस्पताल बनाइएका छन् । गाउँपालिकाले श्रीकोट स्वास्थ्य चौकीमा अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ । अस्पतालका लागी नियुक्त गरिएका चिकित्सकले २४ सै घण्टा अन्य चिकित्सकीय सेवा दिइरहेका छन् । अन्य सबै स्वास्थ्यकर्मी कोरोना नियन्त्रण तथा रोकथाममा २४ सै घण्टा खटिएका छन् । 


यता, स्वाथ्यकर्मीले पनि कोभिड अस्पतालबाट सेवा प्रदान गर्ने आइसोलेसनबाट सेवा दिइरहेका छन् भने शंकास्पद बिरामीको परीक्षण पनि गरिरहेका छन् । अहिले बिभिन्न पालिकाको प्रयासका कारण कोरोनाको संक्रमण दर केहि मात्रामा घटेको छ । यसरी कोभिडको संक्रमण रहँदासम्म न्यूनिकरणको प्रयासमा लागि पर्ने दोगडाकेदार गाउँपालिकाले जनाएको छ ।


अघिल्लो बर्ष कोरोना फैलिएदेखि नै कोरोना नियन्त्रणको तयरी गरिएको थियो । गाउँपालिकाले गतबर्ष पनि फ्रि इन्टरनेट र मनोरञ्जनका साधन सहितका क्वारेन्टिन बनाएको थियो भने अन्य पालिकाको तुलनामा खान, बस्न र शौचालयको राम्रो व्यवस्थापन गरेको पाएको थियो । यसैगरी राहत वितरणमासमेत राम्रो व्यवथापन गरेको थियो । अहिलेपनि एउटा एम्बुलेन्स भएकोमा थप अध्यक्ष/उपाध्यक्षले चढ्ने गाडी समेत कोरोना संक्रमित बोक्नमा प्रयोग गरेको छ । अहिले कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास सरकारी संयन्त्रबाट भैरहेको छ । निशेधाज्ञा जारी राखिएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन भनिएको छ ।