close

चीनको साननान नगरपालिकाले भक्तपुर नगरलाई दियो २ करोड बराबरको स्वास्थ्य सामग्री 

चीनको साननान नगरपालिकाले भक्तपुर नगरलाई दियो २ करोड बराबरको स्वास्थ्य सामग्री 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकालाई चीनबाट २ करोड बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ । चीनको साननान नगरपालिकाले अक्सिजन सिलिण्डर ४ लिटरको १ सय वटा, अक्सिजन कन्सन्ट्रेटर ५ लिटरको ३२ वटा, आइसियू बेड ५० र भेन्टिलेटर एकवटा सहयोग गरेको हो ।

 

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले चिनियाँ युयान ५ लाख ९९ हजार ४ सय बराबरको स्वास्थ्य साम्रगी रहेको बताए । मित्रराष्ट्र चीनले स्वेच्छाले सदैव सहयोग गर्दै आएको उनले बताए ।

 

केही साता अघिपनि चीनले १ लाख थान एन-९५ मास्क र आठवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको थियो । बिहीबार १ करोड २० लाखको अक्सिजन प्लान्ट पनि ख्वप अस्पतालमा जडान गरिसकिएको छ ।

 

भक्तपुर नगरपालिकाले जनतासँग सहयोग संकलन गरेर उठेको रकमबाट किनेर चीनबाट सामान ल्याएको थियो । अहिले त्यो अक्सिजन प्लान्टबाट परीक्षणको रुपमा अक्सिजन उत्पादन सुरु भइसकेको छ । अबको केही दिनमा प्लान्टबाट औपचारीक रुपमा अक्सिजन उत्पादन हुने जनाइएको छ ।

 

उत्पादित अक्जिजन नगरपालिबाट सञ्चालित ख्वप अस्पतालको कोभिड युनिटमा रहेका बिरामीहरुका लागि उपयोग गरिने जनाइएको छ । पहिलो प्राथमिकताका साथ कोभिड बिरामीलाई उपयोग गरिए पनि बढी भए अन्य बिरामीलाई पनि दिने जनाइएको छ ।

 

नगरपालिकाले हाललाई जनस्वास्थ्य केन्द्रमात्रै सञ्चालन गरिरहेको छ । जनस्वास्थ केन्द्रमा आकस्मिक उपचार कक्ष मात्रै छ । अबका दिनमा ख्वप अस्पतालमा आइसियू पनि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । त्यसको लागि भवन निर्माणको काम अन्तिम चरणमा पुगको छ ।