close

घरमै पुगेर पौष्टिक आहार दिन्छाैँ, घर स्यानिटाइज गरेर फर्कन्छौँ (भिडियो वार्ता) 

घरमै पुगेर पौष्टिक आहार दिन्छाैँ, घर स्यानिटाइज गरेर फर्कन्छौँ (भिडियो वार्ता) 

ADVERTISEMENT

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी मेहता कार्यवाहक अध्यक्षको हैसियतमा समेत काम गरिरहेकी छन् । फौजदारी अभियोगमा अध्यष निलम्बनमा परेपछि पालिकाको नेतृत्व उपाध्यषको काँधमा आयो । उनै मेहतासँग पालिकाको विकास निर्माण, न्यायिक प्रणालीमा पालिकाको पहल, संक्रामक रोग नियन्त्रणमा पालिकाको प्रयासलगायतका विषयमा पालिकाखबर बुलेटिनका लागि करिष्मा कार्कीले गरेको कुराकानीः  


पालिकाको कार्यवाहक अध्यक्षका हैसियतमा पनि काम गरिरहनु भएको छ, कोरोनाको कहर छ । यस्तो बेला जनताको स्वास्थय रक्षा र उनीहरूको विकासका अपेक्षालाई कसरी एकसाथ सम्बोधन गरेर काम गर्दै हुनुहुन्छ ? 

कोरोनाको महामारी नियन्त्रण गर्न आइसोलेसनका लागि हरिनगरको विजय अस्पतालसँग सम्झौता गर्‍यौँ । कोरोना संक्रमितलाई त्यही अस्पतालमा उपचार गराउने व्यवस्था गर्‍याँै । बिरामीलाई पौष्टिक तत्व आवश्यक पर्ने भएकाले हामीले पौष्टिक आहार घरघरमै पुर्‍याउने गरेका छौँ । संक्रमितको घर सेनिटाइज गर्ने काम पनि गरिरहेका छौँ ।

 

तपाई त पालिकाको कार्यवाहक अध्यक्षका हैसियतमा पनि काम गरिरहनु भएको छ, कस्तो अनुभव भइरहेको छ ?

अध्यक्षको अनुपस्थितिमा धेरै बाधा र अवरोधलाई चिर्न प्रत्यत्न गरिरहेका छौँ । अझ, महामारीको समयमा त हामीले समाजसेवी, बुद्धिजीवि, स्थानीय सबैलाई साथमा लिएर यसलाई नियन्त्रण गर्न खोजिरहेका छौँ । 

 

कोरोनाका कारण विदेश जान चाहने र विदेशवाट फर्किएर आएकासमेत जान पाएका छैनन्, यस्तो अवस्थामा पालिकाभित्रै उनीहरुका लागि रोजगारीका लागि कस्ता कार्यक्रम गर्नुभएको छ ? 

हामीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्वरोजगार बनाउने काम गरेका छौँ । हामीले सिँचाइ, कुलो बनाउने काम उनीहरुलाई लगाएका छौँ । सबै वडामा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार रहेकाले रोजगारी पाइरहेका छन् । 

 

अब बजेट ल्याउने बेला भएको छ । यसपटकको बजेटमा जनताले नयाँ के कुराको अपेक्षा गर्ने ?

अबको बजेटमा हामीले जनताको स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, महिलाको सशक्तिकरणको कार्यक्रम ल्याउने तयारी गरेका छौँ । 

 

अन्त्यमा, न्यायिक समितिको संयोजक र उपभोक्ता हित समितिको संयोजक समेत तपाई नै हुनुहुन्छ । कानुन निर्माण र उपभोक्ताको हीत संरक्षणमा के कस्ता काम भएका छन् ? 

निषेधाज्ञाका जारी भएपछि हामीले न्यायिक प्रणालीलाई बन्द गरेका छौँ । हामीले घरेलु हिंसालाई मात्रै ध्यान दिएका छौँ । महामारीको असहज परिस्थिति विस्तारै घटेपछि अन्य विवाद पनि समाधान गर्नेछौँ । हाम्रोमा सबैभन्दा धेरै जग्गा विवाद हो । हामीले पालिकामा अनिम पनि राखेका छौँ । त्यस्तो विवाद आउँदा हामी आफै गएर विवाद समाधान गर्ने गर्दछौँ । वडाअध्यक्ष र गएर विवादको चुरो कुरा बुझेर त्यसलाई मेलमिलाप गराउने काम गरिरहेका छौँ । घरेलु हिंसा, लेनदेन, बाली नोक्सानी लगायतका विवाद पनि समाधान गरेका छौँ ।