close

तनहुँमा पाँचौँ पटक थपियो निषेधाज्ञा

तनहुँमा पाँचौँ पटक थपियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँमा पाँचौँ पटक निषेधाज्ञा थप गरेर ७ असारसम्म पुर्‍याइएको छ । आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः १ साता निषेधाज्ञा थपको आदेश जारी गरेको हो ।

 

कोरोना जोखिम नघटेकाले निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । थपिएको निषेधाज्ञा पहिलेको तुलनामा खुकुलो बनाइएको छ । बिहान ९ बजेसम्म खुल्दै आएका अत्यावश्यक सेवा दिने व्यवसाय सञ्चालनमा १ घन्टा समय थपिएको उनले जानकारी दिए ।

 

अब खाद्यान्न, तरकारी, दूध डेरीलगायत अत्यावश्यक सेवा बिहान १० बजेसम्म सञ्चालन हुने प्रजिअ आचार्यको भनाइ छ । निषेधाज्ञामा छापाखाना तथा स्टेसनरी पसल, वर्कसप, मोबाइल मर्मत पसललाई पनि समय तोकेर्र सञ्चालन गर्न दिइनेछ । बैंक तथा वित्तीय संस्थाले दिउँसो १ बजेसम्म न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्न पाउनेछ ।


सोमबार राती १२ बजेदेखि जिल्लामा लागू गरिएको चौथो चरणको निषेधाज्ञा सकिँदै छ । २२ वैशाखदेखि तनहुँमा निषेधाज्ञा जारी छ । ३१ वैशाखमा समय सकिएपछि पुनः दोस्रो चरणमा १५ जेठसम्म निषेधाज्ञा लम्ब्याइएको थियो । २२ जेठमा सकिएपछि जेठ मसान्तसम्म निषेधाज्ञा थपिएको थियो ।