close

५ वर्षीय बालकको बलात्कारपछि वीभत्स हत्या

५ वर्षीय बालकको बलात्कारपछि वीभत्स हत्या

Trulli
ADVERTISEMENT

धनुषा– सालोलाई बलात्कार गरी हत्या गरेको आरोपमा भिनाजु पक्राउ परेका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका–७ किशानपुर ५ वर्षीय बालकलाई अप्राकृतिक करणी गरी हत्या गरेको अभियोगमा सबैला नगरपालिका–७ मठिहन बस्ने २२ वर्षीय भिनाजु राम बहादुर सदा पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

गत बिहिबार दिउँसो करिब १२ बजेदेखि बलाक हराएपछि  खोजतलास गर्दा शुक्रवार दिउँसो करिब डेढ बजे किशानपुरस्थित इट्टा उद्योग  परिसरमा वालकको शव फेला परेको थियो ।

पानी जमेको खाल्डोको डिलमा पात पतिङगरले छोपिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ  ।

घटनालगत्तै ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षकको कमाण्डमा खटेको टोलीले लाशको मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न २२ वर्षीय सदालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मिश्रले बताए ।

प्रारम्भिक अनुसन्धानमा भिनाजु रामबहादुर सदाले सालो नातामा पर्ने ती बालकलाई विस्कुट र चकलेटको प्रलोभन देखाएर माछा मार्न लगेको र बलात्कार पछि घाँटी रेटेर हत्या गरेको खुलेको प्रवक्ता मिश्रले बताए । रामबहादुर सदालाई हिरासतमा राखी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ