close

खोटाङमा कोरोना संक्रमितभन्दा संक्रमण जित्नेको संख्या बढ्यो

खोटाङमा कोरोना संक्रमितभन्दा संक्रमण जित्नेको संख्या बढ्यो

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङका ७७२ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय खोटाङका अनुसार सोमबारसम्म कुल १ हजार ४६९ जनालाई संक्रमण हुँदा ७७२ संक्रमितले संक्रमण जितेका हुन् ।

 

जिल्लामा कोभिड-१९ को संक्रमण जित्नेको संख्या उत्साहजनक देखिएको छ । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २५७ जना, हलेसी तुवाचुङमा १३१ जना, रावाबेँसी गाउँपालिकाका ५० जना, केपिलासगढीका १८ जना, ऐँसेलुखर्कका ६६ जना, जन्तेढुंगाका ५३ जना, खोटेहाङका ३० जना, साकेलाका ८८ जना, दिप्रुङ चुइचुम्माका ६८ जना र बराहपोखरीका ११ जनाले संक्रमण जितेका हुन् ।

 

७७२ जनाले संक्रमण जित्दा र ६ जनाको मृत्यु हुँदा हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६८२ जना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । 


हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३१५ जना, हलेसी तुवाचुङमा ६० जना, रावाबेँसी गाउँपालिकामा ४४ जना, केपिलासगढीमा ४४ जना, ऐँसेलुखर्कमा ४७ जना, जन्तेढुंगामा १६ जना, खोटेहाङमा २९ जना, साकेलामा ५१ जना, दिप्रुङ चुइचुम्मामा ५९ जना र बराहपोखरीमा १४ जना सक्रिय संक्रमित छन् । 


जिल्लामा हालसम्म ४ हजार ९४७ जनाको एन्टिजेन र १ हजार ७४२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४६९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 


१० स्थानीय तह रहेको जिल्लामा हालसम्म २४ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, हलेसी तुवाचुङमा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढीमा ३ जना, एँेसेलुखर्कमा १ जना, जन्तेढुंगामा २ जना, साकेलामा १ जना, दिप्रुङ चुइचुम्मामा ३ जना र बराहपोखरीमा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

 

संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन् । हालसम्म जिल्लामा ६ संक्रमितको मृत्यु भइसकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जना, केपिलासगढी गाउँपालिकामा १ जना र एँेसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।


हालसम्म २७ जना जिल्ला बाहिरका अस्पतालमा रेफर भएका छन् भने ३७ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । हाल ६४५ जना होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।