close

पुर्ख्याैली जनजीवन उतारिएको साइँलाजीको भिडियो गीत युट्युबमार्फत सार्वजनिक

पुर्ख्याैली जनजीवन उतारिएको साइँलाजीको भिडियो गीत युट्युबमार्फत सार्वजनिक

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ क्याङ्सीका तिलकबहादुर रोका मगरको प्रस्तुतिमा बजारमा आएको ‘साइँलाजी’ गीत, भिडियो सबैको रोजाइमा पर्न थालेको छ । मगर स्वास्थ्यकर्मीसमेत हुन् ।

 

गत फागुनमा वडा नम्बर १ र २ का विभिन्न गाउँठाउँका साथै बाग्लुङको सिमाना पातिहाल्ने क्षेत्रको बुकी पाटनमा ‘साइँलाजी’ गीतको भिडियो सुटिङ गरिएकामा युट्यबमार्फत आइतबार बजारमा सार्वजनिक गरिएको हो ।


३ दिनको अन्तरालमै उक्त गीत र भिडियो युट्युबमा सबैको रोजाइमा पर्न थालेको छ । साइँलाजीको भिडियोमा पुर्खाको जनजीवनलाई वास्तविकतामा उतारिएको छ । 

 

ग्रामीण भेगमा सडक नभएको अवस्थामा दाङको कोइलाबास, बाँकेको नेपालगञ्जलगायत ठाउँबाट नुन बोकेर १/२ महिनापछि घरमा नुन पुर्‍याइएको अवस्थाको जनजीवनलाई गीतको शब्द र भिडियोको भावमा प्रस्तुत गरिएको छ ।

 

पहिले पुर्खाले जीवन गुजारेको जनजीवनसँग मेल खाने ‘साइँलाजी’ गीत भिडियो धेरैको रोजाइमा पर्न थालेको गीतका रचनाकार तिलकबहादुर रोका मगरले बताए । सबै श्रोता तथा दर्शकबाट पुरानो मौलिकतालाई वास्तविकतामा उतारी गीत, भिडियो तयार गरिएकाले सबैको रुचाइमा परेको रोकाको बुझाइ छ ।

 

‘साइँलाजी’ गीतमा पुरुषको स्वरमा रचनाकार स्वयं रोका र महिलामा रोल्पाकी विमला रोका मगरको रहेकामा भिडियोमा मुख्य पात्रमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० तकका विवश बुढा मगर र रोल्पाका विमता घर्ती मगरले अभिनय गरेका छन् ।

 

नुन लिन जाँदा पर्वते र पश्चिमका बर्मेनीसँगको मायापिरतीलाई पनि उतारिएकाले भिडियोमा देखिने कलाकारले पोसाक पुरानो छ । उनीहरू गाढा गुन्यूचोलो, चुरापोते र खाली खुट्टामा सजिएका छन् । अहेब रोका हाल वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकी इञ्चार्ज हुन् । गीत भिडियो तयार गर्दा साढे ३ लाख रुपैयाँ खर्च भएको रोकाले बताए । त्यसमध्ये १ लाख २७ हजार रुपैयाँ देश-विदेशमा रहेकाले सहयोग गरेका हुन् ।