close

गुल्मी अस्पताललाई गोर्खा वेल्फेयरको स्वास्थ्य सामग्री

गुल्मी अस्पताललाई गोर्खा वेल्फेयरको स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मी अस्पताललाई गोर्खा वेल्फेयर ट्रस्ट गुल्मीले झन्डै १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण र सामग्री सहयोग गरेको छ ।

 

ट्रस्टले कोभिड-१९ नियन्त्रण र उपचारमा आवश्यक पर्ने १२ लाख ८२ हजार ९ सय २० रुपैयाँको उपकरण र अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

 

अक्सिजन कन्सन्ट्रेटर ४ थान, पल्स अक्सिमिटर ३० थान र पिपिई ३ सय सेट प्रदान गरिएको गोर्खा वेल्फेयर ट्रस्ट गुल्मीले जनाएको छ । 


त्यस्तै, सर्जिकल मास्क र ग्लोब्स १÷१ हजार, स्यानिटाइजर, मेडिकल गाउनलगायत सामग्री सहयोग गरिएको गोर्खा वेल्फेयर ट्रस्ट गुल्मीका प्रमुख गमबहादुर थापाले जानकारी दिए ।


उनले गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्यालाई उपकरण र सामग्री हस्तान्तरण गरेका हुन् । पहिलो चरणको कोभिड-१९ मा पनि गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय र सुरक्षाकर्मीलाई स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरेको थापाले बताए । 

 

गुल्मी अस्पतालका प्रमुख डा. पच्याले ट्रस्टले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले कोरोना महामारी नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।