close

ओमसतियाका सबै भान्सालाई सिलिन्डररहित बनाइँदै 

ओमसतिया गाउँपालिकाको वसन्तपुरमा बायोग्यास उत्पादन सुरु

ओमसतियाका सबै भान्सालाई सिलिन्डररहित बनाइँदै 

ओमसतिया गाउँपालिकाको वसन्तपुरमा बायोग्यास उत्पादन सुरु

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा वसन्तपुर बायोग्यास एन्ड अर्गानिक फर्टिलाईजर प्रालिले खाना पकाउने बायोग्यास उत्पादन सुरु गर्ने भएको छ । उद्योगले दैनिक एलपिजी ५० केजी अर्थात् ४० सिलिन्डर ग्यास उत्पादन गर्ने उद्योगका सञ्चालकले बताए ।

 

सञ्चालक मोहित यादवकाअनुसार बायोग्यास उत्पादन सुरु भएपछि गाउँपालिकाका ३ सय घरपरिवारको भान्सामा खाना पकाउने ग्यास पाइप जडान गरिने र दोस्रो चरणमा गाउँपालिका सबै घरको भान्सालाई सिलिन्डररहित बनाउने योजना छ ।


बायोग्यास प्लान्टका प्राविधिक कन्सल्टेन्ट रेनर्जी इन्जिनरिङका डाइरेक्टर ई. सन्दीप यादवले उद्योग स्थापना र ग्यास पाइप जडान सँगसँगै हुन लागेकाले प्राविधिक रूपमा उत्पादन र उपभोगलाई दृष्टिगत गरेर कन्सल्टेन्सीले नापजाँच गरी डिपिआर तयार गरिसकेको जानकारी दिए ।

 

ई. यादवले उत्पादनसँगै उद्योगको योजनाअनुसार ग्यासलाई सीधै घरघरको भान्सामा पुर्‍याउने कामलाई कसरी सरलीकरण गर्न सकिन्छ भन्ने छलफलमा आफूहरू जुटेको बताए ।

 

करिब १० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको बायोग्यास प्लान्टले उत्पादन सुरु गरेसँगै भारतीय एलपी ग्यासको मागमा समेत कमी आउने अपेक्षा लिइएको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केबटले जानकारी दिए । । ‘तराईमा दाउरा हुँदैनन् । ग्यासको मात्र प्रयोग हुन्छ । यहाँ उत्पादित बायोग्यास सस्तो अनि किफायतसमेत हुनेछ’, केबटले भने ।


दैनिक २० टन (गोबर, कुखुराको सुली, सढेगलेको कच्चा पदार्थ, होटल तथा सुपर मार्केटमा उत्पादन भएका कच्चा पदार्थजन्य फोहोर) कच्चा पदार्थ खपत गर्ने यो उद्योग स्थापनासँगै जिल्लाको आधुनिक उद्योग हुने बायोग्यास प्लान्टको प्राविधिक कन्सल्टेन्ट रेनर्जी इन्जिनरिङको दाबी छ । रूपन्देहीमा केही दिनअघि नेपालकै सबैभन्दा ठूलो अक्सिजन प्लान्ट उद्घाटन भएको छ ।