close

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: सिदिङ्वाद्वारा तीन बुँदे सर्तसहित विद्यालयसँग सम्झौता आह्वान

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: सिदिङ्वाद्वारा तीन बुँदे सर्तसहित विद्यालयसँग सम्झौता आह्वान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले ३ बुँदे सर्तसहित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको सम्झौताका लागि पालिकाभरका विद्यालयलाई आह्वान गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुनम लिङ्देन लिम्बूका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका ५ वटा विद्यालयलाई सम्झौता सर्त पठाइएको हो ।

 

उनका अनुसार वडा नम्बर ४ साब्लाखुस्थित सिंहदेवी आधारभूत विद्यालय, वडा नम्बर ६ मेहेलेस्थित नीलगिरि माध्यमिक विद्यालय, वडा नम्बर ५ लिम्बूदिनस्थित भन्ज्याङ माध्यमिक विद्यालय र सिदिङ्वा आधारभूत विद्यालय तथा वडा नम्बर २ सादेवास्थित सिद्धेश्वरी आधारभूत विद्यालयलाई सर्तसहित सम्झौताका लागि बोलाइएको हो । 


पालिकाले छनोट भएभन्दा फरक कार्य नगर्न, भौतिक पूर्वाधारसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्दा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको भवन निर्माणसम्बन्धी नक्सा तथा अन्य मापदण्ड अनिवार्य पालना गर्न तथा सोअनुसार कार्यक्रम सञ्चालन गर्दा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विनियोजित बजेट नपुग भए यस्तो बजेट विद्यालय आफैंले व्यवस्थापन गर्न सर्त राखेको छ ।

 

यस्तै, अन्य विद्यालय सुधार तथा सामग्री खरिदसम्बन्धी कार्यक्रमको हकमा विद्यालय व्यवस्थापन समितिको निर्णय र कार्यक्रम प्रस्तावनासमेत पेस गर्न सर्त राखिएको छ । गाउँपालिकाले भौतिक पूर्वाधारसम्बन्धी कार्यक्रममा छनोट भएका विद्यालयले थप जानकारी लिनुपर्ने भए गाउँपालिकाको प्राविधिक शाखामा सम्पर्क गर्नसमेत भनेको छ ।