close

ईन्द्रावतीमा भीषण बाढी, मानवीय र भाैतिक क्षतिकाे आँकलन, मेलम्चीसम्म भागाभाग

ईन्द्रावतीमा भीषण बाढी, मानवीय र भाैतिक क्षतिकाे आँकलन, मेलम्चीसम्म भागाभाग

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- हेलम्बु हुँदै आएकाे बाढीले ईन्द्रावती करिडोरमा ठूलाे क्षति भएकाे प्रारम्भिक आँकलन गरिएकाे छ । आज भएकाे अविरल बर्षाका कारण आएकाे बाढीले ग्याल्थुममा रहेकाे ट्राउट फर्म, रिसाेर्ट बगाएकाे अपुष्ट खबररहेकाे प्रहरीले जनाएकाे हाे।


४/ ५ जना बेपत्ता भएकाे हुन सक्ने आँकलनसमेत रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । ग्यालथुम बजार पूर्ण जाेखिममा छ । बिद्युत आपुर्ती बन्द भएका कारण क्षतिकाे बिबरण आउन नसकेकाे हाे ।


हेलम्बुदेखि मेलम्ची मुनीसम्म भागाभाग रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिए । हेलम्बुमा रहेकाे प्रहरी कार्यालय भवनसम्म बाढी पसेकाे छ । सडकहरू बगाएकाे स्थानीयले जानकारी दिए ।


मेलम्ची आयाेजनाकाे काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेकाे छ । अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे डिएसपी सापकाेटाले जानकारी दिए । बिस्तृत विवरण आउन बाँकी छ ।