close

सिन्धुपाल्चोक बाढीः ५ बजार क्षेत्र अस्तव्यस्त, ६ पक्की पुल बगे, सप्तकोशी नदी आसपासमा पनि खतरा

सिन्धुपाल्चोक बाढीः ५ बजार क्षेत्र अस्तव्यस्त, ६ पक्की पुल बगे, सप्तकोशी नदी आसपासमा पनि खतरा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक-  मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५०  जना भन्दा वढी वेपत्ता हुनुका साथै मेलम्ची ड्याम ध्वस्त भएको छ । 

 

जिल्लाको  तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको  स्वास्थ्यमन्त्री शेर बहादुर तामागंले जानकारी दिए । वाढीले नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल पूर्ण रुपमा क्षति भएका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त हुँदा अबौं रकमको क्षति भएको छ । 

 

वाढी वढीरहेका कारण सप्तकोशी नदी आसपासका जनतालाई सतर्क रहन अपील गरिएको छ । सरकारले प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गरेको छ । मन्त्रीका अनुसार प्रभावित क्षेत्रमा  सरकारले  आजै टेण्ट र खाद्यान्न  वितरण गर्नेछ ।