close

अन्न भण्डार हुने भो कर्णाली : मिहिनेती किसानलाई सुनको हलो उपहार

अन्न भण्डार हुने भो कर्णाली : मिहिनेती किसानलाई सुनको हलो उपहार

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३६ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउने गरी बजेट सार्वजनिक गरेको हो ।

 

कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षका लागि कुल ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे ।

 

प्रदेश सरकारले कर्णालीमा सर्वोत्कृष्ट १ जना किसानलाई सुनको हलो प्रदान गर्ने बजेटमा घोषणा गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृषक सम्मान कार्यक्रममार्फत प्रदेश भरमा सर्वोत्कृष्ट १ जना कृषकलाई सुनको हलो प्रदान गरिने बताएका हुन् ।

 

बजेटमा भनिएको छ, ‘कृषि पेसालाई मर्यादित बनाई कृषकलाई सम्मान गर्न मुख्यमन्त्री कृषक सम्मान कार्यक्रममार्फत प्रदेशभरमा सर्वोत्कृष्ट १ जना कृषकलाई सुनको हलो अंकित तक्मा र उत्कृष्ट २ जना कृषकलाई पुरस्कृत गर्न ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।’ 

 

यस्तै, एक स्थानीय तह एक कृषि उपज उत्पादन पकेट कार्यक्रमलाई निरन्तरता दिइएको छ भने त्यसका लागि दिएको २१ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

मर्यादित, गुणस्तरीय विधिसम्मत र सुशासनयुक्त सहकारी क्षेत्र विकासका लागि प्रभावकारी नियमन, प्रशिक्षण, प्रत्येक स्थानीय तहमा २ जना सहकारी प्रशिक्षक रहने गरी सहकारी प्रशिक्षक तालिम र प्रवद्र्धनका साथै संरचनागत सुधारका कार्यक्रम सञ्चालन गरिनेछ । 

 

कोभिडलाई ५३ करोड 


कर्णाली सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड बजेट रुपैयाँ विनियोजन गरेको हो ।

 

आगामी आर्थिक वर्षमै कर्णालीका अस्पतालमा स्वास्थ्यसम्बन्धी यन्त्र जडान, दक्ष कर्मचारी व्यवस्थापनलगायत काम प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरिएको मन्त्री शर्माले बताए । 

 

सहकारी क्षेत्रको सुधारको लागि ५ वर्षे योजना तयार गरी लागू गरिने भएको छ । यसका लागि १ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।