close

जनताकै लगानीबाट भक्तपुरमा सुरु भयो अक्सिजन प्लान्ट

जनताकै लगानीबाट भक्तपुरमा सुरु भयो अक्सिजन प्लान्ट

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले अक्सिजन उत्पादन सुरु गरेको छ ।  पालिकाले च्याम्हासिंहस्थित ख्वप अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरेको हो । 

 

मंगलबार एक कार्यक्रम गरी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छे (रोहित)ले उद्धघान गरे । पालिकाले केही दिनअघिदेखि अनौपचारिक रुपमा उत्पादन परीक्षण सुरु गरेको थियो । 

 

नगरप्रमखु सुनिल प्रजापतिका अनुसार प्लान्टमार्फ दैनिक एक ससय २० सिलिण्डर अक्सिजन उत्पादन हुनेछ । उत्पादित अक्सिजनलाई नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पताल, जनख्वास्थ्य केन्द्र र ब्रम्हायणीस्थित सञ्चालित कोभिड युनिटका विरामीको उपचारमा प्रयोग गरिने छ । 

 

नगरप्रमुख पैजापतिले कोेभिड संक्रमितको लागि हालसम्म कुनै विरामीलाई अक्सिजनको अभाव नभएको र अव पनि कसैलाई अभाव नहुने बताए । 

 

पालिकाले एक करोड २० लाख लगानीमा अक्सिजन प्लान्ट जडान गरेको थियो । प्लान्टको लागि पालिकाले प्रदेश र केन्द्रीय सरकारलार्ई  पटकपटक सहयोगको लागि अपील गरेता पनि सहयोग गरेको थिएन ।

 

प्लान्टको लागि पालिकाले स्थानीय जनता र संघसंस्थालाई सहयोगको लागि आग्रह गरेको थियो । सोही अनुरुप स्थानीयले पालिकालाई आर्थिक सहयोग गर्दै आएका छन् । हालसम्म पालिकाको कोभिड व्यवस्थापन युनिटमा करिव सबा ६ करोड रुपैयाँ जम्मा भएको छ । 

 

पालिकाले चीनको  छेन्दुबाट सीधा सम्पर्क गरी आवश्यक सामग्री खरिद गरेर प्लान्ट जडान गरेको थियो । यसैगरी चीनको सानान नगरपालिकामार्फत करिव २ करोडको स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।