close

लुम्बिनीको बजेट: प्रत्येक पालिकामा अधिकृत स्तरको कृषि प्राविधिक, ९ सय ८३ वडामा प्राविधिक 

लुम्बिनीको बजेट: प्रत्येक पालिकामा अधिकृत स्तरको कृषि प्राविधिक, ९ सय ८३ वडामा प्राविधिक 

Trulli
ADVERTISEMENT

रुपन्देही- लुम्बिनी प्रदेश सरकारले किसान लागि कृषि प्राविधिक कार्यक्रम ल्याएको छ । प्रदेश सरकारको बजेट सार्वजनिक गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेशका सबै पालिकामा कृषि प्राविधिक राखिने जानकारी गराएका हुन् ।

 

 किसान योजनाअन्तर्गत ९ सय ८३ कृषि प्राविधिकका लागि ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रत्येक पालिकामा एक/एक अधिकृत स्तरको कृषि प्राविधिक र वडामा प्राविधिकको व्यवस्था गरिएको छ । अनुदान प्रतिफलमा आधारित प्रदान गर्ने गरी थप परिमार्जजित गरिने भएको छ ।

 

बजेटमा ‘एक पालिका एक स्मार्ट कृषि गाउँ’लाई प्राथमिकता दिइएको छ भने एक पालिका उत्पादन लाई समेत जोड दिइएको छ । साथै हाल कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नभएका जिल्लाहरुमा थप पशुपंक्षी तथा कृषि कार्यालय स्थापना गरिने भएको छ ।

 

कृषिकर्मी रोजगारका लागि ६ करोड विनियोजन गरिएको छ । एक वडा एक हरित स्वयंसेवकलाई नमुना फर्म स्थापनाका लागि ९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।