close

पहिला काठमाडौंले गिज्याउँथ्यो, अहिले काठमाडौं लोभ्याउँछ

पहिला काठमाडौंले गिज्याउँथ्यो, अहिले काठमाडौं लोभ्याउँछ

Trulli
ADVERTISEMENT

जुम्ला- २०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको केही वर्षमै सुगमको समेत भरोसा बन्न थालेको छ । ढेड दशक अघि कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा कर्णाली अञ्चल अस्पताल हुदा शवको पोष्टमाटम गर्नका महिनौँ दिनसम्म चिकित्सक कुरेर बस्नु पर्ने अवस्था थियो । महिनौँ दिनसम्म शवघरमा शव राखेर बस्नु पर्ने अवस्था थियो । तर त्यो अवस्था अहिले छैन ।

 

दुर्गम जिल्लाको स्वास्थ्य सेवा गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि एमबीबीएस चिकित्सक उत्पादन गर्ने थलो बनेको छ । २८ जेठमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको चिसिकत्सा शिक्षा आयोगको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २० सिट एमबीबीएस अध्यापन गर्ने अनुमति दिएपछि जुम्ला चिकित्सक उत्पादन गर्ने थलो बनेको हो ।

 

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको वैठकले कर्णाली प्रतिष्ठानलाई २० सिट एमविविएस, २० सिट बिएनएस, २० सिट बिफार्मा अध्ययन गर्ने अनुमति दिएको हो ।

 

प्रतिष्ठानमा अहिले स्नातक तहका एमविविएससहित अब ३ वटा बिषय थपिएको छ । एमविविएस, विफार्मा र बिएनएस सरकारले अहिले अध्ययन गर्न स्विकृति दिएको हो । यस अघि स्नातक तहको विएम एस, विपिएच सुरु भइसकेको छ भने स्नाकोत्तर तहको एमडिएमएसको तीन विषयको पाँच सिट पनि सुरु भएको छ । एमविविएस भने निषेधाज्ञा पछि आयोगको तालिका अनुसार नै अगाडि बढ्ने छ ।

 

कोरोना सुरु हुनुअघि पनि सुगम मानिएका सुर्खेत, नेपालगन्जलगायतका जिल्लाबाट बिरामीहरूलाई जुम्ला ल्याएर उपचार गराइन्थ्यो । नेपालको अति दुर्गम जिल्ला मध्येमा पर्ने जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेपछि तराईका बिरामी पहाड उक्लिन थालेका छन् ।

 

सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताल पुगेका बिरामीसमेत बेड र अक्सिजनको अभावका कारण जुम्ला पुग्न थालेका छन् । केही वर्षअघिसम्म जुम्लाका नागरिकले डाक्टर नपाएर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । अहिले समय बदलिएको छ । प्रतिष्ठानको मजबुत पूर्वाधार र पर्याप्त स्वास्थ्य जनशक्ति कोरोना संकटमा भरोसा बनेको छ ।

 

प्रतिष्ठानमा आइसोलेसन बेड १२०, एचडियू बेड २४, आइसियु बेड १२ र भेन्टिलेटर १५ वटा छन् । अन्य कोभिड स्वास्थ्य सामग्री, पिपिई, माक्स, स्यानिटाइजर अहिले २÷३ महिना पुग्ने मौज्दात छन् । प्रतिष्ठानले बार्षिक ६० हजार बढी विरामीको उपचार गरी सेवा प्रदान गर्ने गरेको छ ।

 

प्रतिष्ठानले नेपालगन्जस्थित भेरी अस्पताललाई चिकित्सकसहितको टोली पठाएको छ । प्रतिष्ठानका प्रवक्ता भट्टराईले भेरी अस्पतालको कोभिड वार्डमा जनशक्ति अभाव भएपछि प्रतिष्ठान विशेषज्ञ चिकित्सकसतिहको टोली पठाइएको जानकारी दिए । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगन्ज पठाइएको छ ।

 

स्वास्थ्य मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालका खटिसकेका छन् । सघन उपचारका लागि चिकित्सकको अभाव रहेको भेरी अस्पतालले जानकारी गराएपछि प्रतिष्ठानबाट चिकित्सक टोली त्यहाँ गएको हो । सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरीसहित डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सद्वय सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा अहिले भेरी अस्पतालमा छन् ।

 

स्नातक मिडविफ्री बिज्ञान, स्नातक जनस्वास्थ्य कार्यक्रम सुरुवात भएको छ । बि.एन, स्नातक क्लिनिकल पोषण, स्नातक फार्मेसी, कार्यक्रम, एमडी.स्त्री रोग, एम.एस.हाडजोर्नी, जनरल सर्जरी, एम.एन.नर्सिंग र एम.एस.सी. इपिडेमिओलोजी पाठ्यक्रम तयारी अवस्थामा रहेको साथै आगामी शैक्षिक सत्रमा सुरु हुने अवस्थामा छ । डिप्लोमा इन फार्मेसी जाजरकोटमा सुरुवात गरेको छ । शैक्षिक कार्यक्रम संचालन गर्न विभिन्न विषयका विभिन्न तहका प्राध्यापक नियुक्ति तथा व्यवस्थापन गरेको छ ।

 

सिटिस्क्यान जडान, .भिडियो एक्सरे जडान, अक्सिजन प्लान्ट जडान, आरटी पिसिआर मेसिन जडान, अस्पतालको फोहर व्यवस्थापनलाई बैज्ञानिक तवरबाट व्यवस्थापन गर्ने कार्य भएको छ । दैलेखको राकम कर्णालीमा एक सय बेडको अस्पताल बनाउन जग्गाको व्यवस्था मिलाएको अस्पताल स्रोतले जनाएको छ ।  कर्णाली प्रदेशका जिल्लाहरुमा स्वास्थ्य क्याम्प तथा पाठेघर खस्ने क्याम्प संचालन गरेको छ । 


द्वन्द पीडितलाई प्रदेश सरकारको सहयोगमा निशुल्क स्वास्थ्य सेवा आइसियू एनआइसियू ब्रिथिङ केन्द्र स्थापना, स्वास्थ्य सेवा बिभागसँग समन्वय गरी  अस्पताललाई चाहिने औजार उपकरणहरुको व्यवस्था मिलाएको छ । सामाजिक सेवा अतिविपन्न नागरिकलाई निःशुल्क सेवा, पोषण पुनस्थापना केन्द्र स्थापना, आमा सुरक्षा कार्यक्रम सिएसी सेवा, परिवार नियोजन, डट्स सेवा संचालनमा छन्  । 

 

भौतिक पुर्वाधारतर्फ शिक्षक तथा कर्मचारीको आवास कक्षा कोठा, चेरेचौरसम्मको बाटो र वेसिक साइन्स भवनको निर्माण कार्य सुरु भएको छ । प्रतिष्ठानको आगलागी भएको ओपिडि भवनको सिविआई र जिल्ला प्रहरी कार्यलयबाट स्वीकृति लिई पुननिर्माण कार्य सम्पन्न हुन लागेको अस्पताल प्रशासनले जनाएको छ ।

 

चेरेचौरको ३६० रोपनी जग्गा र धिताचौरमा ३० रोपनी जग्गा प्रतिष्ठानको नाममा दर्ता गरी कक्षाकोठा, छात्राबास र  शिक्षक क्वाटरको डिपिआर तयार गरी वजेट सुनिश्चिताको लागि पेस भइसकोको छ । २४सै घन्टा खानेपानी र विद्युत जडानको गरी सेवा प्रवाहमा अस्पताल जोडिएको छ ।

 

यसअघि जुम्लामा एमडी÷एमएसको अध्यापन सुरु भइरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईका अनुसार जुम्लामा एमबीबीएस पढाउने सपना पूरा भएको हो । ‘कर्णाली क्षेत्रको स्वास्थ्य क्रान्तिको एउटा थप खुडकिलो पार भएको छ,’ उनले भने, ‘आगामी दिनमा प्रतिष्ठानलाई देशकै एउटा उत्कृष्ट प्रतिष्ठान बनाउने र यहाँ उपचार र अध्ययनका लागि देशभरिबाट मान्छे आउने वातावरण सिर्जना गर्न हामी लागि पर्छौ ।’

 

अब्बल जनशक्ति 

प्रतिष्ठान जनशक्तिको हिसाबले पनि अब्बल छ । ७० जना चिकित्सकसहित करिब २ सय ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालको पूर्ण क्षमताअनुसार बिरामी भर्ना हुँदा पनि करिब ५० जना चिकित्सक-स्वास्थ्यकर्मीलाई अन्य जिल्लामा परिचालन गर्न सकिने डा. भट्टराईले बताए । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनगढी, पोखरा, काठमाडौंजस्ता सुगमबाट फोन आउने गरेको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । 


प्रतिष्ठानका प्रवक्त डा. भट्टराईका अनुसार प्रतिष्ठानले एमबीबीएसको अध्ययनका लागि पाठ्यक्रम निर्माण गरी स्वास्थ्य क्षेत्रका विज्ञहरुको राय सल्लाह सुझाव लिइसकेको छ । पाठ्यक्रम काउन्सिलले पास गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एबीबीएस अध्ययनका लागि सक्षम भएको उनले बताए । चिकित्सा शिक्षा आयोगको टोली कर्णाली प्रतिष्ठानमा दुई पटक टोली पठाएर अध्ययन गरेको उनले बताए ।