close

बाढीको वितण्डाः रानीमहल पनि डुबानमा, होटल र रिसोर्टमा क्षति 

बाढीको वितण्डाः रानीमहल पनि डुबानमा, होटल र रिसोर्टमा क्षति 

Trulli
ADVERTISEMENT

पाल्पा- लगातारको वर्षाले प्रेमको प्रतिक रानिमहल डुबानमा परेको छ । बराङ्गदी र कालीगण्डकी नदीमा आएको बाढीले रानीमहल जोखिममा समेत परेको छ ।

 

कालीगण्डकीको तटमा रहेको रानीमहललाई ३ तिरबाट पानीको बहावले घेरेको छ भने माथिबाट पहिरोको जोखिममा समेत परेको छ ।

 

एकातर्फ कालीगण्डकी र अर्कोतर्फ बराङ्दी खोला उर्लिंदा पर्यटकीय स्थल रानीमहल र आसपासका आधा दर्जन होटल र रिसोर्ट डुबेका छन् । 


जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले रानी महललाई तीनतिरबाट पानीले घेरेको जानकारी दिए । रानीमहल जाने बाटो पनि ठाउँठाउँमा पहिरो झर्दा सम्पर्क विच्छेद भएको छ । अहिले रानिमहलमा पानीको सतह बढ्दो छ ।