close

बिओकेको ग्रिन पिन सुविधा

बिओकेको ग्रिन पिन सुविधा

Trulli
ADVERTISEMENT

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेड (बिओके) ले आफ्ना कार्डवाहक ग्राहकलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्न ग्रिन पिन सुविधा ल्याएको छ ।


यस सुविधाबाट बैंकका नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डवाहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्ने बैंकले जनाएको छ । 


नयाँ कार्डवाहक ग्राहकले कार्ड बैंकबाट संकलन गरेपछि सहज रुपमा एटिएममा कार्ड राखेर ‘इन्टर युआर ओटीपी’ मेनु छानी आफैंले पिन सेट तथा रिसेट गर्न सक्नेछन् ।


यसपछि कार्डवाहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा ६ अंक ओटीपी पाउन सक्नेछन् ।