close

बजाजको एभेन्जर स्ट्रीट १६० एबीएस बजारमा

बजाजको एभेन्जर स्ट्रीट १६० एबीएस बजारमा

Trulli
ADVERTISEMENT

काठमाडौं - नेपालका लागि बजाज मोटरसाइकलको  अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।


नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा निर्माण गरिएकाले यसमा रोडस्टर डिजाइनको हेडल्याम्प र एलईडी डीआरएल सुविधासहितको स्ट्रीट कन्ट्रोल ह्यान्डलबार छन् ।


१६० सीसी डीटीएस–आई इन्जिनद्वारा सञ्चालित यो बाइकले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५ स्पीड म्यानुअल ट्रान्समिसन पनि प्रयोग गर्दछ ।


सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेक राखिएको छ । 


नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा नेपाली बजारमा बिक्री सुरु भएको कम्पनीले जनाएको छ । कम्पनीले यसको सुरुआती मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ तोकेको छ ।