close

मनोज गजुरेल अब सिरिजंगाको छोरो 

मनोज गजुरेल अब सिरिजंगाको छोरो 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले गाउँपालिकाले हास्य कलाकार मनोज गजुरेललाई सिरिजंगाको छोरो उपमाले सम्मान गरेको छ । बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न बसेको गाउँसभाले गजुरेललाई सो सम्मान दिने निर्णय गरेको हो । 

 

सिरिजंगा गाउँपालिकामा जन्मिउका गजुरेललाई उनले हास्य कला क्षेत्रमा गरेको योदानस्वरुप उपमान दिइएको पालिकाले जनाएको छ । उनलाई गाउँपालिकाको पर्यटन सद्भावनादूत घोषणा गरिएको छ ।


गजुरेलको जन्म सिरिजंगा गाउँपालिकाको वडा नम्बर ६ मामाङ्खेमा भएको हो । यस्तै, सिरिजंगाको गौरव कञ्चनजंघा अभियानलाई उसले विशेष महत्त्व दिएको छ । 

 

गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँमै रोजगार गर्वको आधारअन्तर्गत पालिकाले लघु उद्यममार्फत कोभिड–१९ बाट संक्रमित न्यून आय भएका सुकुम्बासी परिवारलाई विशेष सुविधा उपलब्ध गराउने नीति ल्याएको छ ।


गाउँपालिकाले १ जनालाई एमबिबिएस तहसम्म को पढाउने भएको छ । सीप सिकेर रोजगार बन्ने गरी बिभिन्न कार्यक्रम ल्याएको पालिकाले जुत्ताचप्पल, स्यानिटरी प्याड, ढाका कपडा लघु उद्यम विकास कार्यक्रममार्फत स्थानीय स्तरमै यी सामग्री उत्पादनलाई विशेष जोड दिने भएको छ ।


कञ्चनजंघाको पानी, हाम्रो आम्दानी नाराका साथ कञ्चनजंघाको पानी अन्तर्राष्ट्रिय बजारमा पु¥याउन उसले मिनरल टावर उद्योग स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी अघि बढाउने भएको छ । 


निःशुल्क शिक्षा हामी सबैको इच्छा नाराअन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने पालिकाभरिका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था, प्रत्येक वडाका १–१ जना सर्वोत्कृष्ट विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिकाभरका ४१ वटै विद्यालयका विद्यार्थीको पोसाकमा एकरूपता कायम गर्ने नीति गाउँपालिकाले लिएको छ । 


पालिकाले एसईईअघि कम्तीमा २ महिना निःशुल्क कोचिङ कक्षा चलाउने भएको छ भने उपाध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत दलित महिला र अपांगता परिचयपत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिस्ट्रेन शुल्क र परीक्षा शुल्कबापतको रकम गाउँपालिकाले बेहोर्नेछ ।
यस्तै, प्रत्येक वर्षको एसईई परीक्षामा पालिका क्षेत्रबाट सर्वोत्कृष्ट नतिजा ल्याउने १ छात्र र १ छात्रालाई १–१ थान ल्यापटपसहित सम्मान गरिने भएको छ ।