close

भित्र नगर कार्यपालिकाको बैठक, बाहिर नागरिकको नारा–जुलुस

भित्र नगर कार्यपालिकाको बैठक, बाहिर नागरिकको नारा–जुलुस

Trulli
ADVERTISEMENT

भक्तपुर– मध्यपुर थिमि नगरपालिका भवनभित्र कार्यपालिकाको बैठक चलिरहँदा बाहिर स्थानीयले नारा–जुलुस गरेका गरेका छन् । कार्यालय भवन अगाडिको सडक वर्षौंदेखि हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य भएपछि निर्माणको मागसहित स्थानीयले विरोधस्वरूप नारा–जुलुस गरेका हुन् । 

 

वडा नम्बर ६ स्थानीयले सो बाटो कालोपत्रे गर्न माग गर्दै पालिका भवनमा नारा–जुलुससहित धर्ना दिएका हुन् । बाटो नभएको क्षेत्रमा विकास निर्माणको काम भएको छ । बाटो बनेको छ तर यो क्षेत्रमा लामो समयदेखि सडकलाई अलपत्र पारिएपछि आन्दोलनमा उत्रिनुपरेको स्थानीयले बताए । 

 

पटक–पटक जनप्रतिनिधिसमक्ष सडकको विषयमा कुरा गर्दा पनि सुनुवाइ नभएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताए । नगरपालिकाको जारी कार्यपालिका बैठकबाटै तत्कालै कालोपत्रे गर्ने निर्णय हुनुपर्ने माग उनीहरूले राखेका छन् ।

 

लामो समयदेखि समस्या भएपछि स्थानीयले स्वतःस्फूर्त रूपमा नगरपालिका कार्यालयमा धर्नासहितको विरोध जनाएका हुन् ।