close

घट्न थाल्यो समुदायमा कोरोना संक्रमण, मध्यपुर थिमिमा ६४ प्रतिशतले घट्यो 

घट्न थाल्यो समुदायमा कोरोना संक्रमण, मध्यपुर थिमिमा ६४ प्रतिशतले घट्यो 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले समुदायस्तरमा कोरोना परिक्षण गरेको छ । समुदायस्तरमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्ने उद्धेश्यले परीक्षण गरिएको हो ।

 

नेपाल कोरिया मैत्री नगरपालिकाको व्यवस्थापन र विभिन्न संघसंस्थाको सहयोगमा पालिकाको आयोजनाबाट भएको निःशुल्क परीक्षणमा एक हजार तीन सय ८ जनाको एन्टिजेन्ट परीक्षण गरिएको छ । त्यसमध्ये ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको पालिकाले जनाएको छ ।

 

परीक्षणमध्ये ३.६६ प्रतिशतमा कोरोना पोजेटिभ भेटिएको छ । बैशाखमा परीक्षण गिरएका मध्ये करिब ७० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको थियो । उनले भने, यसले समुदायमा कोरोना संक्रमणको संख्या घट्दै गएको पुष्टि भएको छ ।

 

परीक्षणमा पोजेटिभ देखिएका संक्रमितले पालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचार गर्ने उनले बताए । उनका अनुसार वडागत रुपमा गरिएको परीक्षणमा ९ थरीको कार्ड वितरण गरिएको छ । कार्ड पाएकाहरुलाई अस्पतालमा १० प्रतिशत छुटमा अन्य स्वास्थ्य सेवा दिने उनले बताए ।

 

परीक्षण कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, डा राजेश सम्भाजीराव, प्राध्यापक डाक्टर अरूण, स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेल, सिसिएमसिका प्रमुख  विशेषज्ञ महेन्द्र श्रेष्ठ, डा. रूना झा, डा. दिबेश कर्माचार्यलगायतले निरीक्षण गरेका थिए ।