close

कृषकलाई पेन्सन दिने महाकालीको योजना (भिडियाे वार्ता)

कृषकलाई पेन्सन दिने महाकालीको योजना (भिडियाे वार्ता)

ADVERTISEMENT

 

दार्चुलाको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टसँग पालिकाखबर बुलेटिनका लागि करिस्मा कार्कीले पालिकाको बजेट, नीति तथा कार्यक्रम लगायतका विषयमा केन्द्रित रहेर गरेको कुराकानीः 

 

कोरोना महामारीकैबीच बजेट बनाउने बेला भएको छ । यसपटक पालिकाको नीति र बजेट कस्तो आउँदैछ ? 

कोरोनाको महामारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । रोग निदानका लागि पीसीआर ल्याब र आइसोलेसन भवन निर्माणको काम अघि बढाइरहेका छौँ । कोरोना अझै कति समय जोखिमपूर्ण छ भन्ने थाहा नभएकाले हामीले त्यसलाई नै मुख्य प्राथमिकतामा राखेका हौँ । स्थानीय तहले नै यो महामारी लड्नुपर्ने भएकाले हामी तयार भएर बस्नुको विकल्प छैन ।

 

प्रधानमन्त्रीले स्थानीय तहले महामारी रोक्न खेलेको भूमिकाप्रति धन्यवाद पनि दिनुभयो । तर, धन्यवादले त के नै हुँदो रहेछ र ? सीमा जोडिएको पालिका भएकाले पनि हामीले महामारी रोक्न थुप्रै चुनौती भोग्नुपर्‍यो । तर, संघीय सरकारबाट सहयोग भने पाएनौँ । अर्को कुरा गतवर्ष लकडाउनले गर्दा रोजगार गुमाएका युवालाई रोजगारी दिने विषयलाई सोच्न सकेनौँ । यो वर्ष हामीले युवाका लागि रोजगारी सृजना गर्ने नीति लिएका छौँ । त्यसतर्फ हामीले योजना बनाएका छौँ । 

 

चालु वर्षका लागि तय भएका योजना ने धेरैजसो पुरा भएका छैनन्, अब ती कार्यक्रमले निरन्तरता पाउँछन् कि नयाँ योजनामा लगानी गर्नुहुन्छ ? 

हामीले गत वर्ष विद्यालय सञ्चालन भएदेखि अहिलेसम्म सबै शैक्षिक पाठ्यक्रम सकिएका छन् । गत वर्षको जस्तै आकलन गरेर हामीले वार्षिक परीक्षा जस्तै सोचेर परीक्षा लिइसकेका छौँ । अहिले नतिजा प्रकाशन पनि भइसकेका छन् । 

 

संघ र प्रदेशसँगका सहलगानीका योजना कार्यान्वयनको अवस्था चै कस्तो छ प्रमुखज्यू ? 

संघीयताको मापदण्ड अनुसार यो हाम्रो अन्तिम बजेट हो । यो अन्तिम बजेटमा हामीले अहिलेसम्म पूर्वाधार, सामाजिक विकास, आर्थिकका क्षेत्रमा गर्न बाँकी रहेका कामलाई नै प्रभावकारी ढंगले पूरा गर्ने योजना बनाएका छौँ ।  

 

भारतसँग सीमाना जोडिएको र महाकाली कटानको पीरलोमा पर्छन नगरवासी । सीमा समस्या र नदी कटान नियन्त्रणमा पालिकाले कस्ता काम गर्दै आएको छ ?   

संघ र प्रदेशबाट सहलगानीबाट विशेष अनुदानका कार्यक्रम गरिरहेका छौँ । दुई सडक संघीय समपुरक अनुदान र दुई सडक प्रदेश समपुरक अनुदानको सहलगानीबाट अघि बढाएका छौँ । त्यसबाहेक खासै कार्यक्रम सहलगानीमा छैन । जति सक्यो हामीले हाम्रो बजेट सीमाभित्र रहेर फाइनल गर्ने काम गरिरहेका छौँ । 

 

अलिकति पूर्वाधार विकासको कुरा गरौं, तपाई निर्वाचित भएर आएपछि पालिकाबासीले के पाए ? 

कोभिडले गर्दा सीमा समस्या समाधान गर्न सकेका छैनौँ । तर, सीमासम्बन्धी विषयमा स्थानीय तहलाई कुनै अधिकार दिइएको पनि छैन । त्यसबाहेक नदी कटान रोक्न महाकाली नदीमा पक्की तटबन्ध लगभग बनाएका छौँ । अन्य क्षेत्रमा तारजालीको काम भइरहेको छ । महाकाली नदी नियन्त्रण आयोजना अनुसार अघि बढीरहेको छ । 

 

अन्त्यमा कृषि र पशुपालनलाई अनुदान दिएर प्रोत्साहन गरिरहनु भएको छ । तर, स्वरोजगार बनाउन, साना र लघु उद्यम प्रवर्द्धनमा चाहिँ कुनै नीति बनाउनु भएको छैन, किन यतातिर ध्यान जान नसकेको हो तपाईहरुको ? 


त्यस्तो होइन । हामीले आफ्नो कार्यविधिमै कृषक पेन्सन कोष स्थापना गरेका छौँ । उत्पादनका आधारमा अनुदान दिने कार्यक्रम हाम्रो छ । कृषक वर्गीकरण गर्ने कार्यक्रम सुरु गरेका छौँ । २० वर्षसम्म कृषि गरेका कृषकलाई कर्मचारी सरह सामाजिक सुरक्षा भत्ता दिनुपर्छ भनेर हामीले पेन्सनको व्यवस्था गरेका छौँ । 

 

तपाईं निर्वाचित भएर आएपछि पालिकावासीले के पाए ?

सयौँ वर्षमा हुन सक्ने काम चार वर्षमा हुन सक्दैन । तर, हामीले विभिन्न अनुदानबाट, सीमित आर्थिक स्रोतको अधिकतम प्रयोग गरेर पूर्वाधार विकासका क्षेत्रमा, विकट गाउँघरहरुको संरक्षण र सुगम बनाउने काम गर्‍यौँ । सडक सञ्जालसँग ति विकट गाउँ जोड्नुपर्छ भनेर हामीले सडक जोड्ने काम गर्‍यौँ ।