close

जुम्लामा लम्बियो निषेधाज्ञा

जुम्लामा लम्बियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा पुनः साताव्यापी निषेधाज्ञा थप गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा कमी नआएपछि सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले पुनः निषेधाज्ञा जारी गरेको हो ।

 

यसअघि लागू गरिएको निषेधाज्ञा ७ असार राती १२ बजेबाट समाप्त हुने भएकाले पुनः १४ असारसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । त्यस्तै, कोभिङ–१९ संक्रमित बिरामीलाई अस्पतालसम्म ल्याउन÷लैजान प्रयोग गर्दै आएका कोभिड एम्बुलेन्स २ वटामध्ये उद्योग वाणिज्य सघं जुम्लाबाट सञ्चालित एम्बुलेन्सको सम्झौता म्याद समाप्त भएको छ । 

 

संसद् विकास कोषबाट सञ्चालित कोभिड एम्बुलेन्सबाट बिरामीलाई अस्पतालसम्म ल्याउन÷लैजानका लागि समस्या हुने भएकाले उद्योग वाणिज्य सघंद्वारा सञ्चालित कोभिड एम्बुलेन्सलाई निरन्तरता दिइनेछ । यसका लागि उद्योग वाणिज्य संघलाई अनुरोध गर्ने निर्णय गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

 

यस्तै, कोभिड एम्बुलेन्सका लागि तत्काल १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता भएबमोजिम रकम जम्मा गर्न बाँकी रहेका चन्दननाथ नगरपालिकाले १ लाख ८६ हजार, तिला गाउँपालिकाले १ लाख ८६ हजार र कनकासुन्दरी गाउँपालिकाले ८६ हजार रुपैयाँ जम्मा गर्ने निर्णय भएको छ । 

 

जुम्लामा कोरोना संक्रमितको संख्या ७ सय २३ पुगेको छ । ५५१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३३ जना उपचाररत रहेको जिल्ला प्रशाासन कार्यालय जुम्लाले जनाएको छ ।