close

४ वर्षपछि बल्यो मेल्छाममा बिजुली

४ वर्षपछि बल्यो मेल्छाममा बिजुली

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको चंखेली गाउँपालिका मेल्छाम गाउँमा ४ वर्षपछि बिजुली बत्तीले झिलीमिली भएको छ । वडा नम्बर ६ स्थित मेल्छाम गाउँमा शनिबारदेखि बिजुली बत्ती बलेपछि स्थानीयले खुसी मनाएका छन् ।


४ वर्षअघि खापरखोला लघु जलविद्युत् आयोजनाले शनिबार पावर हाउसबाट बिजुली प्रसारण गरेपछि वडा नम्बर ६ का सबै गाउँ उज्यालिएको स्थानीय मक्कवीर बुढाले जानकारी दिए । 


उनका अनुसार आयोजनाका म्यानेजर छक्कबहादुर मल्ल, इन्चार्ज करण बुढथापालगायतको टोलीले प्राविधिक क्षमताको परीक्षण गरेपछि गाउँमा विद्युत् प्रसारण गरिएको हो ।


हाल वडा नम्बर ६ को मेल्छाममा मात्रै बिजुली बालिए पनि क्षमता बढाएर केही महिनापछि पूरै चंखेली गाउँपालिकाभरि सञ्चालनमा ल्याइने उनले बताए ।


यसअघि झर्रो तथा सल्लाको दियो बालेर काम चलाउँदै आएका स्थानीयले बिजुली बलेपछि अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।