close

चन्दननाथका कृषकलाई लैनो भैँसी र बाख्रा

चन्दननाथका कृषकलाई लैनो भैँसी र बाख्रा

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिकाले व्यवसायिक कृषकलाई लैनो (दुनो) वितरण गरेको छ । कृषकको आयआर्जन बृद्धि गर्नका लागि लैनो भैसी वितरण गरिएको हो । 


चन्दननाथ नगरपालिका र कृषकको लागत साझेदारीमा भैसी वितरण गरिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् । साझेदारीमा २५ प्रतिशत कृषक र ७५ प्रतिशत ससर्त अनुदानमा चन्दननाथ नगरपालिका ९ र ८ नम्बर वडाका २० कृषकलाई भैसी वितरण गरिएको हो । 


दुई समुहका २० जना कृषकलाई २० लैनो भैँसी र दुई वटा प्रजनन् क्षमता भएका राँगा वितरण गरिएको चन्दननाथ नगरपालिका जुम्लाले जनाएको छ । 

 

यस्तै वडा नम्बर ३ र ८ का साना व्यवसायिक कृषकलाई बाख्रा पनि वितरण गरिएको छ । दुई समुहका ८० कृषकलाई ८० बाख्रा र ४ वटा प्रजनन् क्षमता भएका बोका पनि वितरण गरिएको जनाएको छ । यसमा पनि कृषक र स्थानीय सरकारको लागत साँझेदारीमा बाख्रा वितरण गरिएको हो । २५ प्रतिशत कृषक र ७५ प्रतिशत चन्दननाथ नगरपालिकाको ससर्त अनुदान लगानी रहेको नगरपालिकाले जनाएको छ ।