close

११ स्थानीय विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउँदै चाँगुनारायण

११ स्थानीय विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउँदै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले आगामी वर्ष ११ जना स्थानीय विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । 


प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिने नीति लिएको चाँगुनारायणले निःशुल्क रूपमा पढाउने निर्णय गरेको हो ।

 

नगरपालिकाले वडाका ९ विद्यार्थीलाई इन्जिनियरिङ र २ जनालाई एमबिबिएस पढाउने निर्णय गरेको छ ।


यसका लागि सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिब, विपन्न तथा पिछडिएका समूहबाट विद्यार्थी छनोट गरिने पालिकाले जनाएको छ ।

 

उपप्रमुख बिना बास्तोलाका अनुसार एमबिबिएसका लागि एक छात्रा र एक छात्र छनोट गरिनेछ । छनोट भएका विद्यार्थीको सम्पूर्ण रकम पालिकाले बेहोर्नेछ ।

 

यसले नगरभित्र प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने सक्ने विश्वास पालिकाको छ ।