close

हिमा गाउँपालिकाको वडा कार्यालयमा ताला

हिमा गाउँपालिकाको वडा कार्यालयमा ताला

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको हिमा गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यालयमा ताला लगाइएको छ । कांग्रेसको वडा कमिटिले योजनाको प्रगति विवरण सार्वजनिक गर्न माग गर्दै वडा कार्यालयमा ताला लगाएको हो ।

 

वडा सरकारले आर्थिक वर्ष २०७४ देखि २०७७/७८ सम्म सम्पन्न भए-गरेका योजनाको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै कार्यालयमा ताला लगाइएको वडा कांग्रेस वडा कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


उक्त विज्ञप्तिमा ठूलासाना गरी २६ वटा योजनाको नाम उल्लेख गरिएको छ । यसबारे वडा कार्यालयलाई तत्काल पहल चाल्न स्थानीयले माग गरेका छन् । उपराज अधिकारीको नेतृत्वमा तालाबन्दी गरिएको हो ।


हिमा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बलबहादुर रावतले कोरोनाका महामारीले कतिपय योजनाको काम नभएको र भएका योजनाको काम सम्पन्न नभएकाले सार्वजनिक सुनुवाइ हुन नसकेको बताए ।


केही काम सुरु भएका आयोजनाको काम सम्पन्न हुनेबित्तिकै सार्वजनिक सुनुवाइ गर्ने जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्ष गाउँपालिका स्तरमै सार्वजनिक सुनुवाइ भएको हो ।’


विरोधका लागि विरोध नगरेर वडाको विकासमा हातेमालो गर्न आग्रह उनले गरका छन् । उनले थपे, ‘कोरोना महामारीमा विकासभन्दा पनि जन्ता बचाउनतिर लागेका हौँ । सहज परिस्थिति भएपछि साउनमा योजनाको प्रगति विवरण सार्वजनिक गर्नेछौँ ।’