close

आज धान दिवस, कर्णाली प्रदेशमा सार्वजनिक बिदा

आज धान दिवस, कर्णाली प्रदेशमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

सुर्खेत– यो वर्ष कर्णाली प्रदेशमा हाल सम्म ५२ प्रतिशत रोपाइँ सकिएको छ । समयमै मनसुन भएपछि असारको दोस्रो सातासम्म ५२ प्रतिशत रोपाइँ सकिएको हो । 

 

साविकको कर्णालीका जिल्लाहरुमा करिब ९० प्रतिशत भन्दा बढी रोपाइँ भइसकेको छ । यो वर्ष समयमै मनसुन सुरु भएकाले प्रदेशका सबै जिल्लामा असार दोस्रो सातासम्म करिब ५२ प्रतिशतभन्दा धेरै धान रोपाई सम्पन्न भएको रोकायाको भनाइ छ ।

 

 प्रदेशको करिब ४६ हजार तीनसय सय २३ हेक्टर धान हुने जमिनमध्ये हालसम्म २६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायाले बताए ।
 
त्यस्तै जाजरकोटमा ६५ प्रतिशत सल्यानमा ८० प्रतिशत कालिकोट ९० सुर्खेत ३२ प्रतिशत दैलेखमा ५५ प्रतिशत रुकुममा ८५ प्रतिशत र जुम्लामा ९१ प्रतिशत धान रोपाई सकिएको छ । 

 

यस्तै, डोल्पामा ८९ जुम्लामा ९१ प्रतिशत रोपाई सकिएको छ । ‘अहिले समयमै मनसुन भएकाले समयमै रोपाइँ भएकाले यो वर्ष उत्पादन पनि वृद्धि हुन सक्छ भन्ने आँकलन छ,’ उनले भने, ‘तराईका २८ जिल्लाहरुमा हाइब्रिड जातको धानको बाहुल्य  अलि बढी छ भदादेखि असोजको पहिलो सातासम्म पानी आए उत्पादन बढ्न सक्ने आकलन छ ।’

 

धान दिवसको अवसरमा सार्वजनिक विदा 

धान दिवसको अवसरमा आज कर्णाली प्रदेशमा सार्वजनिक विदा दिइएको छ । धान दिवसको अवसर पारेर कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये जुम्ला बाहेक अन्य नौ वटा जिल्लामा बिदा दिइने भएको हो ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालयले धान दिवसको दिनमा कृषिलाई प्रवर्धन गर्न सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ  । मन्त्रिपरिषद्को निर्णय अनुसार धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए  । जुम्लामा भने १२ चैतमा धान दिवसको बिदा दिने गरिएको छ ।