close

भक्तपुर नगरपालिकाको प्रश्नः तपाइँका केही समस्या छन् ?

भक्तपुर नगरपालिकाको प्रश्नः तपाइँका केही समस्या छन् ?

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाको दसौँ नगरसभाले नगरभित्रका स्थानीय समस्यासँगै समसामयिक विषयमा छलफल गरेको छ । सभामा नगर सभासद्ले नगरभित्रको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण र खानेपानीलगायत विषयमा छलफल गरेका हुन् । 

 

सभाले स्थानीय पाठ्यक्रममा नगरभित्रका विद्यार्थीलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी भएको नक्सा पठनपाठन गराउनुपर्नेमा जोड दिएको छ । यी सबै नेपालकै भूभाग भएकाले यो नक्साको विषयमा नयाँ पुस्तालाई पढाउन जोड दिइएको हो ।

 

सभाको विशेष समयमा सभासद हरिरत्न गोर्खाली, श्यामसुन्दर माता, सिद्धिराम अवालले नगर प्रहरी नियुक्त गरी परिचालन गर्नुपर्ने, समय-समयमा नगरका सडक बत्ती मर्मत गर्नुपर्ने, इन्द्रायणी पीठ अगाडिको ढुंगेधाराको निकास खोल्न सम्बन्धित निकायसँग आवश्यक छलफल गर्नुपर्ने, नगरपालिकाद्वारा सञ्चालित कलेजमा सामाजिक ल्याबको व्यवस्था गर्नुपर्ने, वर्षाको समय हुने डुबान र सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्नुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराए ।

 

सभासद् राजेन्द्र माक, पूर्णगोपाल राजचल, सूर्यप्रसाद श्रेष्ठ, गोविन्द दुवाल, रन्जना त्वातीले सार्वजनिक शौचालयको सरसफाइ र आवश्यक सफाइ मजदुर राख्नुपर्ने, मुख्य सडकपेटीमा वृक्षारोपणका साथै बिरुवाको स्याहार गर्नुपर्ने, पर्ति जग्गा संरक्षणमा विशेष जोड दिनुपर्ने धारणा राखे ।